भोजपुरी फिल्म ‘रण’मा नेपाली टिम

बैशाख ०८, २०७९


भोजपुरी फिल्ममा नेपाली कलाकार तथा प्राविधिकको उपस्थिती बढ्दो छ । एकसमय निखिल उप्रेती र विराज भट्ट भोजपुरी फिल्ममा भन्दा आचार्य मानिन्थ्यो । तर अहिले थुप्रै नेपाली कलाकारदेखि प्राविधिकसम्मले भोजपुरी फिल्ममा काम गरिसकेका छन् ।

यस्तैमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रण’ पनि नेपाली टिमले तयार गरेका छन् । फिल्ममा निर्देशक, छायांकन टिम, पोष्ट प्रोडक्सन टिम, कोरियोग्राफी टिम समेत नेपाली रहेका छन् । फिल्मका निर्देशक नेपाली फिल्मका द्वन्द्व निर्देशक चन्द्र पन्त हुन् । ‘रण’ धेरै नेपाली टिमले लिएर काम गरेको निर्देशक पन्तले बताए ।

फिल्मको मुख्य अभिनेता नरेन खड्का पनि नेपाली हुन् । फिल्ममा आनन्द ओझा, काजल रागवानी, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुण कुमार मिश्र लगायतको अभिनय छ । फिल्मका सम्पादन अर्जुन जिसी र ट्रेलरका बनाउने पनि साहिल खान पनि नेपाली हुन् ।

अरुण कुमार मिश्रले निर्माण गरेको फिल्मको गीतहरूमा भोजपुरीबाट कानु मुखर्जी र नेपालबाट गम्भीर विष्ट र रामजी लामिछाने कोरियोग्राफर रहेका छन् ।