करिश्माले फेसबुकमा नाम राखिन् ‘सूर्यकुमारी’

बैशाख ०८, २०७९


अभिनेत्री करिश्मा मानन्धरले आफ्नो सामाजिक सञ्जालमा नाम ‘सूर्य कुमारी’ थपेकी छन् । उनले सामाजिक सञ्जालमा आफ्नो नाम परै राखे पनि कोष्टमा ‘सूर्य कुमारी’ थपेकी हुन् । एमाले प्रवेश गरेपछि केही अगाडि एक कार्यक्रममा बोल्ने क्रममा उनले आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताएकी थिइन् । आफू एमाले प्रवेश प्रसंगमा उनले न्वारानको नाम जोडेकी थिइन् ।

सो समय उनले दिएको अभिव्यक्तिको सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो । उनले सामाजिक सञ्जालमा चर्चा गर्ने सबैलाई सामाजिक सञ्जालमार्फत कडा व्यङ्ग्य गर्दै लेखेकी थिइन्, ‘सूर्य कुमारी, मेरो न्वारानको नाम थाहा पाउँदा धेरैलाई पोल्यो । भिटामिन डी प्राप्त भयो । राम्रो हो । अहिले भने उनले आधिकारिक रुपमै सामाजिक संजालमा आफ्नो नाम ‘सूर्य कुमारी’ थपेकी हुन् ।