केकीकै शैलीमा वर्षाको पनि विवाह ?

बैशाख ०९, २०७९


अभिनेत्री केकी अधिकारीले बिहीबार रोहित तिवारीसँग लगनगाँठो कसिन् । विवाह सम्पन्न भएपछिमात्रै उनले तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिएकी थिइन् । केकीले बिहीबार तिवारीसँग लगनगाँठो कसेपनि उनको विवाहको हल्ला भने बुधबार नै फैलिएको थियो ।

त्यस्तै केकीको जस्तै विवाहको हल्ला अहिले अर्की अभिनेत्री वर्षा शिवाकोटीको पनि फैलिरहेको छ । हरेक गतिविधिलाई सामाजिक सञ्जालमार्फत बाहिर ल्याउन रुचाउने उनी यसबारे किन मौन छिन् भन्ने चासोको बिषय बनेको छ । उनीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आउँदिनन् ।

बाहिरी हल्ला पत्याउने हो भने उनले पछिल्लो समय अमेरिकामा रहँदै आएका एक युवकसँग आज विवाह गर्दैछिन् । वर्षाले पनि केकीले झैँ आफ्नो विवाहलाई गोप्य राख्न त्यसो गरेकी हुन् भन्नेहरु छन् । हुन त बर्षा केही अगाडि मात्र अमेरिका पुगेर फर्किएकी हुन् । उनले आफ्नो रिलिजको क्रममा रहेको फिल्म प्रचार प्रसारमा समेत समय दिन नभ्याउने बताएकी थिइन् । बर्षाको विवाह आजै हो वा होइन केही समय पछि खुल्ने नै छ ।