तस्बिरमा यस्तो देखियो वर्षाको मेहन्दी

बैशाख १०, २०७९


अभिनेत्री वर्षा सिवाकोटी वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्ला रिमा नजिकका आफन्त र साथीभाइको उपस्थितिमा अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग बिहे गरेकी हुन् ।

वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । वर्षा केही महिनाअघि मात्रै अमेरिका पुगेकी थिइन् । अमेरिका बसाइका क्रममा नै उनले बिहेको टुङ्गो लगाएर नेपाल फर्किएको निकटस्थहरूको भनाइ छ । विवाहको अघिल्लो दिन बिहीबार उनको रेसु भिल्लामै मेहन्दी समारोह आयोजना भएको थियो । जसको तस्बिर उनले अहिले सार्वजनिक गरेकी छन् ।