मिलनको गीतमा ‘आमा’ को चर्चा

बैशाख ११, २०७९


मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्न दिन नजिकिँदै गर्दा आमाको महत्व र माया उजागर गरिएका गीतहरू धमाधम सार्वजनिक हुन थालेका छन् । यस्तैमा गायक मिलन श्रेष्ठले ‘आमा’ बोलको गीत ल्याएका छन् ।

राजनराज शिवाकोटीको शब्द एवं संगीत रहेको गीतमा सञ्जीव बराईलीको संगीत संयोजन रहेको छ । गीतको भिडियो पनि बनेको छ । जसको निर्देशन युवराज वाइबाले गरेका हुन् । भिडियोमा गायक मिलन स्वयंले मोडलिङ गरेका छन् । भिडियो अभिनयमा उनलाई अभिनेत्री रश्मी भट्टले साथ दिएकी छन् । भिडियोले आमा छोराको प्रेम दर्साउन खोजेको छ । निशाल पौडेलको छायाङ्कन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।