अभिनेत्री दीया पुगिन् एभरेस्ट बेस क्याम्प

बैशाख ११, २०७९


अभिनेत्री दीया पुन सगरमाथाको बेस क्याम्प (५३४८ मिटरको उचाइमा) पुगेकी छन् । गत महिनाको अत्यमा सगरमाथा आरोहणका लागि निस्किएकी पुनले बेस क्याम्पमा पुगेर तस्बिर समेत सार्वजनिक गरेकी हुन् ।

पुन १६ वैशाखबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘मन्त्र’ की अभिनेत्री पनि हुन् । आरोहण अगाडि उनलाई फिल्म युनिटले फिल्मको पोस्टर र नेपालको राष्ट्रिय झण्डा दिएको थियो । दुबै सगरमाथाको चुच्चोमा पुर्याउने बाचा समेत गरेकी थिइन् ।

‘मन्त्र’ गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा।लिको ब्यानरमा बनेको हो । खिलबहादुर गुरुङको निर्देशन रहेको फिल्म गोर्खा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस्सँंगै डिभाइन इन्टरटेन्टमेन्ट र डि।एस प्रोडक्सनले सहकार्यमा बनाएको हो ।

सौगात मल्ल, बुद्धि तामाङ, दीया पुनको मुख्य भूमिका रहेको फिल्मले गोरखाको मनास्लु क्षेत्र आसपासको कथा उठाएको छ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । परिक्षेद सेनको कथा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत रहेको फिल्ममा सञ्जय लामाको छायांकन एवं मित्र डि।गुरुङको सम्पादन छ ।