११ वर्षपछि एसी मिलानलाई लिग उपाधि

जेठ ०९, २०७९


अन्तिम खेलमा सासोउलोलाई ३-० अन्तरले पराजित गर्दै एसी मिलानले इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ । आइतबार रातिको जितसँगै मिलानले ११ वर्षपछि लिगको उपाधि जितेको हो । यस्तै मिलानले सिरी ए को उपाधि १९ औँ पटक जित्यो ।

मिलानको जितमा ओलिभर जिरुडले दुई गोल गरे । यस्तै फ्रान्क केस्सीले एक गोल गरे । जितसँगै मिलानले ३८ खेलबाट ८६ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । सासोउलो ५० अंक जोडेर ११ औँ स्थानमा छ ।