बालेनलाई बधाई दिदै करिश्माले भनिन्- लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हो

जेठ १२, २०७९


अभिनेत्री तथा नेकपा एमाले नेत्रृ करिस्मा मानन्धरले लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने बताएकी छन् । जनताले आफ्नो भविष्य देखेको तिर नै मत दिने धारणा उनको रहेको छ ।

सामाजिक संजालमा एक लामो पोष्ट गर्दै अभिनेत्री मानन्धरले काठमाडौं महानगरपालिकामा विजयी मेयर बोलेन साह र उपमेयर सुनिता डङ्गोललाई बधाई समेत दिएकी छन् । उनले साह र डङ्गोल काठमाडौं बासीको रोजाई भएको समेत बताएकी छन् ।

‘मेरो विचारमा सबै लोकतान्त्रिक विचार राख्नेले नयाँ पुस्ताले गरेको यो ऊर्जाशील प्रयासलाई असाध्यै सकारात्मक तवरले लिनुपर्छ’ उनी अगाडि भन्छिन् ‘युवाहरूले राष्ट्रिय राजनीतिमा चासो लिन थाल्नु सकारात्मक परिवर्तनको सुरुवात हो ।’