‘गन्तव्य’मा सुरक्षाको एक्सन

जेठ १७, २०७९


अभिनेत्री सुरक्षा पन्त पनि एक्सन अवतारमा देखिएकी छन् । ‘गन्तव्य’ बोल रहेको गीतको म्युजिक भिडियोमा उनी एक्सन अवतारमा देखिएकी हुन् ।

भिडियोमा उनको अपोजिटमा निराजन प्रधान देखिएका छन् ।आरके खत्रीको स्वर रहेको गीतमा सूर्य अधिकारीको ¥याप छ, भने संगीत गायक खत्रीले नै दिएका छन् । गीतमा गायकद्वय खत्री र अधिकारीकै शब्द छ । पैसाका लागि गलत काममा होमिएका प्रेमीप्रेमीका र उनीहरुको क्रियाकलाप भिडियोमा समेटिएको छ ।

अभिनेत्री पन्तले नेपाली समाजमा देखिरहेकै घटनालाई भिडियोमा उतारिएको बताइन् । ‘जीरो टोलरेन्सको आइडियामा भिडियो बनाएका हौं । एक्सनमा भिडियो बनाउने निर्देशक हरी हुमागाईंको आइडिया मनप¥यो अनि मैले पनि केही सिक्न पाउछु भन्ने लोभले काम गरेको हुँ’ सुरक्षाले भनिन् । हरी हुमागाईको निर्देशन रहेको भिडियोमा शंकर महर्जनको द्धन्द्ध, उत्तम हुमागाईं र राजेन्द्र हुमागाईंले छायांकन छ ।