‘लण्डन टु पेरिस’ मा गरिमाको जोडी कबिर

जेठ १८, २०७९


अभिनेता कबिर खड्का ‘लण्डन टु पेरिस’मा भित्रिएका छन् । फिल्मको मुख्य अभिनेताको रूपमा उनी फिल्ममा अनुबन्धित भएका हुन् । फिल्मका लागि अभिनेता खड्कासँग लिखित सम्झौता भएको निर्देशक घनश्याम लामिछानेले बताए ।

फिल्मका उनको जोडी अभिनेत्री गरिमा शर्मा बन्नेछिन् । गरिमा केही दिन अगाडि मात्र फिल्ममा भित्रिएकी हुन् । फिल्मको मुख्य भूमिकामा साम्राज्ञी राज्यलक्ष्मी शाह पनि छिन् । जसको जोडीका लागि अभिनेताको खोजिइरहेको निर्देशक लामिछानेले बताए ।

कविरले तरकारीवालीको रूपमा चर्चित कुसुम श्रेष्ठसँग फिल्म ‘लम्फू’ बाट अभिनयमा डेब्यु गरेका थिए ।

‘लण्डन टु पेरिस’ असार दोस्रो साताबाट फ्लोरमा निस्कने फिल्म हो । प्रेमकथामा निर्माण लागेको फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेत, अजित कुमार थापा, परी राना, अङ्कित गौतम, सनिश खकुरेल निर्माता रहेको फिल्मका सह–निर्माता अजित सिंह हुन् ।