‘ए माया’ मा नरेश र उषाको रोमान्स

जेठ २४, २०७९


गायक जीवन परिवेशको ‘ए माया ’ बोल रहेको गीत सार्वजनिक भएको छ । दीपकराज विश्वकर्माको संगीत रहेको गीतमा सुमन स्मारिकाको शब्द छ । 
गीतको भिडियोमा संचारकर्मी तथा मोडल नरेश भट्टराई तथा उषा उप्रेतीको अभिनय देख्न सकिन्छ । भिडियोका निर्देशक युवराज वाइबा हुन् । 
भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ । गीतले महिलाको सुन्दरताको समेत चर्चा गरेको छ । निसल पौडेलको छायांकन रहेको भिडियोमा बिकाश दहालले सम्पादन गरेका हुन् ।