तिलिचो हिमालमा छायाँकन भएको भिडियो सार्वजनिक

जेठ २४, २०७९


तिलिचो हिमालको ५ हजार १२ सय ५ मिटर उचाइमा छायांकन भएको भिडियो ‘तिलिचो ताल’ सार्वजनिक भएको हो । विश्व कीर्तिमानी गीतकार डा। डीआर उपाध्यायको शब्द रहेको गीत पूर्व श्रममन्त्री रामेश्वर राय यादव, संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’ लगायतले सामूहिक सार्वजनिक गरे ।

सागर अधिकारी ‘शरद’को स्वर तथा छायाँकन, भेष प्रसाद श्रेष्ठको संगीत, देवेन्द्र नेवाःको एरेञ्ज रहेको गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् ।

पुष्प खड्का र श्रद्धा क्षत्रीको अभिनय रहेको भिडियोले एक जोडी प्रेमीप्रेमीकाको प्रेमकथा देखाएको छ । उत्सव दाहालको छायाँकन, शिलन लम्सालको सम्पादन रहेको भिडियो डीआर क्रियशनमार्फत सार्वजनिक गरिएको हो ।