पूजा-आकाशको ‘सम्झना बिर्सना’ असार ३१ मा रिलिज हुने

जेठ २५, २०७९


प्रेमकथामा आधारित फिल्म ‘सम्झना बिर्सना’को नयाँ प्रदर्शन मिति तय भएको छ । स्थानीय तह चुनावका कारण पूर्वनिर्धारित रिलिज मिति स्थगित भएको थियो । अब भने यो फिल्म ३१ असारमा प्रदर्शन हुनेछ ।

पूजा शर्मा र आकाश श्रेष्ठको प्रमुख भूमिका रहेको फिल्मको निर्देशन निमेश प्रधानले गरेका हुन् । अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधान निर्माता रहेको फिल्ममा सुनिल थापा, छुल्ठिम गुरुङ र शिशिर राणाको अभिनय छ ।

दार्जिलिङ, सिलीगुडी र सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ । निर्देशक निमेषकै कथा, पटकथा रहेको फिल्मको संवाद लेखनमा उनलाई अभिनेता राणाले सघाएका छन् ।

शिव ढकालले खिचेको फिल्मको गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत, कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’को सम्पादन छ । यसअघि ‘परेलीमा लुकाउँछु’ बोलको गीत दर्शकमाझ आइसकेको छ ।