“प्रपञ्च” को ‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक

असार २७, २०७९


काठमाडौ।
बि.एस बलामी निर्देशित चलचित्र “प्रपञ्च”को गीत रिलिज भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको पहिलो गीत ‘मुटुमा सास भर्ने आधार’ रिलिज गरिएको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार सुमन थापा र मेनुका माझिलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । चलचित्रको गीत डिएआर मुभिजबाट सार्वजनिक गरिएको हो ।

सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको स्वर छ । गीतमा तेञ्जु योन्जनको कोरियोग्राफी हेर्न सकिन्छ ।आगामी असोज २१ गतेबाट प्रदर्शनमा आउने “प्रपञ्च”लाई बद्री साह, अनिल गुीता र रवि राज आचार्यले निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्माता भने शिवानी बलामी हुन् ।

चलचित्रमा सिद्धार्थ सिंह, ध्रुव ककोइराला, पियुस मगर, मनिल तामाङ, प्रकृति केसी, जोशना सिमखडा, सिजन तिवारी रुपशराज खड्का लगाएत कलाकारको अभिनय रहेको छ । चलचित्रमा प्रकाश कुँवरको कथा, दिवस गुरुङको डिओपी, देव मर्हजनको द्धन्द्व निर्देशन, प्रविन ढकालककोे सम्पादन रहेको छ । तर्कराज न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रलाई आरआर फिल्मसले वितरण गर्दैछ ।