पुष्प र श्रद्धा स्टारर ‘कृष्ण–लीला’ ट्रेलर सार्वजनिक (भिडियोसहित)

असार ३०, २०७९



काठमाडौँ। चलचित्र ‘पण्डित बाजेको लौरी’ फेम्ड निर्देशक दीपक ओली निर्देशित चलचित्र ‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनिक भएको छ।आगामी भदौ ३ गतेबाट देशव्यापी प्रदर्शन हुन लागेको चलचित्रको ट्रेलर हेर्दा  कृष्ण र लिलाको प्रेमकथामा चलचित्र घुमेको देखिन्छ।

रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको सम्पूर्ण छायांकन पूर्वी नेपालको इलाम, झापा र पाँचथरका बिभिन्न रमणीय स्थानमा गरिएको हो । कृष्ण जन्माष्टमी को छेको पारेर प्रदर्शन गर्न लागीएको चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । सञ्चारकर्मी लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रलाई शिब ढकाल र बाबु श्रेष्ठले खिचेका हुन् भने श्री श्रेष्ठको द्धन्द्ध,रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा पुष्प खड्का,श्रद्धा क्षेत्रि,बुद्धि तामाङ ,रबिन्द्र झा,नवीन रेग्मी,भावनाका साथमा हिउँवाला गौतम, आयुष गुराँगाई,आयुषा क्षेत्री,पिताम्बर आचार्यलगायतका कलाकारले अभिनय रहेको छ ।

आरआर फिल्म प्रोडक्डसनको ब्यानरमा निर्मित चलचित्रको बितरक पनि आरआर हो । चलचित्रको डिजिटल राइट्स डिएआर मुभिजले लिएको छ।प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको चलचित्रको सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।