पोष्टरमा यस्तो देखियो फिल्म ‘म’

असार ३१, २०७९


कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्म हो ‘म’ । २० साउनबाट प्रदर्शनमा आउँने फिल्मले प्रचार प्रसार समेत अगाडि बढाएको छ । यस्तैमा निर्माण युनिटले शुक्रबार फिल्मका दुई पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टर हस्पिटलको सेटिङ्ग प्लेस्मेन्ट गरेर ब्लू टोनमा तयार पारिएको छ, भने स्याडोमा सबै क्यारेक्टरहरुको रिफ्लेक्सन राखिएको छ ।

कलाकार संजोग रसाइलीलाई केन्द्रमा राखेर बनाइएको पोष्टरमा फिल्मका अन्य कलाकार सरोज खनाल, नीशा अधिकारी, रुविना थापा, निराजन प्रधान, सविन श्रेष्ठ, नरेन खड्का, सरिता लामिछाने र पुनम श्रेष्ठ पनि अटाएका छन् ।
सुवर्ण थापाको निर्देशन रहेको फिल्ममा तेन्जिङ्ग पाल्देनको छायांकन र बनिश शाहको सम्पादन छ । बिमला हुमागाईं र पदम पुरी निर्माता रहेको फिल्म कान्तिपुर सिनेमाज प्रोडक्सन र कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा निर्माण भएको हो । फिल्मको क्रिएटिभ निर्माता तथा लेखक प्रकाश पुरी हुन् ।