वृत्तचित्र ‘चाचाजी’ सार्वजनिक

साउन ०१, २०७९


नेपाली पत्रकारिताको प्रथम पुस्ताका पत्रकार पन्नालाल गुप्त चाचाजी निर्माण भएको वृत्तचित्र ‘चाचाजी’ युट्युबमा सार्वजनिक गरिएको छ । पत्रकार सन्तोष रेग्मीको लेखन÷निर्देशन एवं निर्माण रहेको चाचाजीको यसअघि नेपालगञ्जमा विशेष प्रदर्शनी गरिएको थियो ।

चाचाजी उपनामबाट चर्चित पत्रकार गुप्त पञ्चायतकालको कठोर समयमा तत्कालीन शासकहरुका धाक, धम्की र शारीरिक, मानसिक यातनाबाट रत्तीभर विचलित नभै पत्रकारिताको धर्म निर्वाह गर्न अघि बढ्ने अविराम यात्री हुन् ।

प्रजातन्त्रले मात्र स्वतन्त्र प्रेसको मर्यादा कायम राख्न सक्छ भन्नेमा स्पष्ट रहेका उनी प्रजातन्त्र पुनर्स्थापनापछि प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित छन् । उनको भौतिक शरीर हाल हामीमाझ छैन यद्यपि, उनका कार्यले उनलाई अमर बनाएको छ नै नेपाली पत्रकारिताको आकाशमा एक नक्षत्रका रूपमा चम्किला छन् ।