संगीत तथा चलचित्र उत्पादन समाजमा नयाँ नेतृत्व

साउन ०१, २०७९


संगीत तथा चलचित्र उत्पादन समाजले नयाँ नेतृत्व पाएको छ । शनिबार आयोजित संघको सातौं साधारणसभाले सूर्य मगरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । सभाले उपाध्यक्षमा हुम गैरे, महासचिवमा सुनिल लामिछाने, सचिवमा छविराज ओझा, कोषाध्यक्षमा मेघराज मगराती चयन गरेको छ ।

त्यस्तै समाजको सदस्यमा तोरण गुरुङ, रुक्मान लिम्बु, उमेश गुरुङ, धनु ग्याङ्माई लगायत छानिएका छन् । समाजले गीत संगीत तथा चलचित्रको हकहितका खातिर कार्य गर्दै आएको छ ।