भुवनले भने, ‘फिल्मकर्मीलाई महसुस हुने गरी काम गर्छु’

साउन १०, २०७९


अभिनेता भुवन केसीले फिल्मकर्मीलाई महसुस हुने गरेर आफूले काम गर्ने बताएका छन् । चलचित्र विकास बोर्ड​को अध्यक्षमा नियुक्त भएपछि छोटो प्रतिक्रिया दिँदै केसीले आफ्नो कार्यकालमा फिल्मकर्मीले राम्रो महसुस गर्न सक्ने बताए ।

‘मेरो फिल्म कर्मको योगदान र लगनशीलतालाई नेपाल सरकारले मूल्याङ्कन गर्नु भएको छ’ केसीले भने ‘फिल्म अभिनय, निर्माण तथा निर्देशन तीनै विधामा म सक्रिय भएकाले फिल्मक्षेत्रको विषयको धेरै ज्ञान छ । त्यो अनुभव अव यो क्षेत्रमा काम लाग्छ ।’ केसीले फिल्मकर्मीलाई खट्केको विषयमा आफूले काम गरेर देखाउने बताए ।

केसीलाई सोमबारको मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । एमाले छोडेर केही अगाडि मात्र काँग्रेस प्रवेश गरेका केसीले सुरुमै महत्वपुर्ण जिम्मेवारी हासिल गरेका छन् । केसी बोर्डको अध्यक्षमा नियुक्त भएको समाचार बाहिर आएपछि सामाजिक संजालमा उनको चर्को आलोचना भइरहेको छ ।