परिच्छेद निर्देशित चलचित्र ‘प्रेमगञ्ज’ ट्रेलर रिलिज

साउन १०, २०७९


काठमाडौं । परिच्छेद सेन निर्देशित चलचित्र ‘प्रेमगञ्ज’को ट्रेलर रिलिज गरिएको छ । आगामी भदौ ३ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको छ।

‘प्रेमगञ्ज’मा बेनिशा हमाल र तेज गिरीको शीर्ष भूमिका रहेको छ । साथमा सम्पदा बानियाँ, राइडर प्रधान, सुप्रिया खनाल र सिमरन खड्का लगायतको शीर्ष भूमिका छ । अभिनेत्री सुरक्षा पन्त चलचित्रमा अतिथि भूमिकामा छिन् । ट्रेलरमा समेत सुरक्षालाई स्थान दिईएको छ ।

चलचित्रले मुख्यतयाः नायिका बेनिशा र अभिनेता तेजबीचको प्रेमकथा भन्छ । प्रेमीलाई पर्खिएर हरेश खाएपछि जीवनलाई नयाँ मोडमा पुर्याएकी मैना पात्रको भूमिकामा बेनिशा छिन् । चलचित्रमा नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, संजोग रसाइली, पवन भट्टराई लगायतका कलाकारको समेत अभिनय छ ।

निर्देशक सेनकै कथा एवं पटकथा रहेको चलचित्रमा संजय लामाको छायांकन, अर्जुन जिसीको सम्पादन रहेको छ। चलचित्रको निर्माता किरण गुरागाँई, रेश्मा थापा, राजेश सुवाल, गणेश भण्डारी र निर्मला लामिछाने हुन् ।