उत्तमको निर्देशन रहेको ‘चौतारीमा लर्के बर’ सार्वजनिक

साउन १३, २०७९


अम्बिका बस्नेत र रामकुमार नेपालीको स्वरमा रहेको तीज गीत ‘चौतारीमा लर्के बर’ सार्वजनिक भएको छ । अम्बिकाकै शब्द, शारदा रसाइलीको लय र नारायण दंगालको एरेञ्ज रहेको गीतको भिडियो पनि बनेको हो ।

वरिष्ठ कलाकार उत्तम केसीको निर्देशन रहेको भिडियोमा शोभा त्रिपाठी, निक शर्मा, विपना बस्नेत र देवराज बस्नेतको अभिनय तथा नृत्य छ । निरेन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोलाई देवराज बस्नेतले निर्माण गरेका हुन् । राम केसीको छायाँकन र राजकुमार मगरको सम्पादन भिडियोमा छ । ब्राण्ड यु पिक्चर्सको उत्पादन रहेको भिडियो चुईचुई पारेर युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

मौलिक तीज गीत श्रोता, दर्शकमाझ पस्किने जमर्कोका भिडियो पनि त्यसै अनुसार निर्माण गरिएको निर्देशक केसीले बताए । गीत तथा भिडियोले सबैको मनजित्नेमा आफूहरू आशावादी रहेको केसीले सुनाए ।