विवाह पछिको उल्झन बोकेको चलचित्र ‘झिंगेदाउ’ को ट्रेलर सार्वजनिक (भिडियो)

साउन २२, २०७९


चलचित्र ‘झिंगेदाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा पारिवारिक एवम् विवाह पछिको घरायसी उल्झनलाई देखाइएको छ । विशेष गरेर दुई दाजुभाइको विवाह पछिको सम्बन्धमा देखिने उतारचढावमा ट्रेलर केन्द्रित रहेको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, हिउँवाला गौतम, संगम भण्डारी, विजय लगायतको अभिनय रहेको छ ।

३ मिनेट लामो सार्वजनिक ट्रेलरमा केकी र आँचललाई जेठानी देवरानी अनि मुकुन र कुशललाई दाजुभाइको पात्रका रुपमा देख्न सकिन्छ । यो चलचित्र आगामी भदौ १७ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा छ । भीमनिधि तिवारीको नाटकमा आधारित चलचित्रको पटकथा तथा संवाद प्रदीप भारद्वाजले तयार गरेका हुन् ।

चलचित्रमा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे ‘कल्पित’को छायाङ्कन र मित्र गुरुङको सम्पादन रहेको छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको चलचित्रलाई कपनगडी सिनेमा र क्रिउ नेपालको ब्यानरमा निर्माण गरिएको हो ।