अमेरिकन आइडल स्टार आर्थर गन नेपाल आउँदै

साउन २५, २०७९


गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ को उपविजेता रहेका ‘आर्थर गन’ दिवेश पोखरेल यही महिना नेपाल आउने भएका छन् । आर्थरले काठमाडौँ, पोखरा, चितवन, बुटवल, धरान लगायत नेपालका विभिन्न सहरहरूमा प्रत्यक्ष साङ्गीतिक प्रस्तुति दिनेछन् ।

सन् २०२० मा अमेरिकी गायन रियालिटी शो “अमेरिकन आइडल १८औं सिजन” को एक हिस्सा बनेपछि आर्थर गनको लोकप्रियता निकै बढ्यो । प्रायः दर्शकहरूले उनलाई उनको अमेरिकन आइडल अडिसनबाट चिन्न सक्छन् जहाँ उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रीडेन्स् क्लियरवाटर रिभाईभल्को ह्याब् यु एभर सिन द रेन नामक गीतहरू गाएका थिए । उनको प्रस्तुतिलाई सबै ३ निर्णायकहरू द्वारा धेरै प्रशंसा गरिएको थियो भने विश्व प्रसिद्ध गायिका केटी पेरीले उनलाई “हि ईज द बेस्ट” भनी प्रशंसा पनि गरेकी थिइन् ।

उनको भिन्न र अद्वितीय स्वरलाई धेरै लोकप्रिय अन्तर्राष्ट्रिय गायकहरू र कलाकारहरूले समस्त कार्यक्रम भरि प्रशंसा गरे । हालसम्म उनले कुल ८ वटा गीतहरू रहेको आफ्नो पहिलो एल्बम, ग्रहण, २०१८ को सुरुवातमा रिलिज गरे र अर्को एल्बम, खोज, २०१९ मा म, खोज र कर्णाली लगायतका गीतहरू सहित जारी गरेका छन् ।

विश्वभरका दर्शकहरूबाट अपार माया र समर्थन पाएपछि, आर्थरले सबैको मायाको प्रतिफल दिन मातृभूमि नेपाल फर्कने योजना बनाएका छन् । टुबोर्गले ब्रेन सर्भिसिङ र एम।एन्। इभेन्ट्ससँगको सहकार्यमा उनलाई नेपाल ल्याउन सफल भएको हो ।