‘२ नम्बरी’ को अहिलेसम्मको आम्दानी कति ?

असोज ३१, २०७९


फिल्म ‘२ नम्बरी’ २१ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । फिल्मले बक्स अफिसमा राम्रो व्यवसाय गर्न सफल भएको छ । निर्माण युनिटले फिल्मको एक साताको बक्स अफिस कलेक्सन ४ करोड ४५ लाख ग्रस कलेक्सन रहेको जनाएको छ ।

जसमा काठमाडौंमा २ करोड २० लाख, चितवनमा ५० लाख, पोखरामा ३० लाख, बुटवलमा २३ लाख, इटहरीमा २२ लाख, नेपालगञ्जमा १५ लाख, दमकमा १५ लाख, बिर्तामोडमा १४ लाख, विराटनगरमा १२ लाख, हेटौंडामा १० लाख, धनगढीमा १० लाख, धरानमा ५ लाख, सुर्खेतमा ४ लाख कमाएको छ । अन्य विभिन्नबाट समेत १५ लाख कमाएको निर्माता किरण नेपालीले बताए । उनले भने ‘फिल्मबाट मुनाफा प्राप्त भैसकेको छ । अबको दिनमा कमाउने सबै नाफामा पर्दछ ।’

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ । फिल्म चोरी सिकारीको विषयवस्तुमा निर्माण भएको हो ।