‘प्रसाद २’मा केकीको इन्ट्री

कार्तिक ०४, २०७९


फिल्म ‘प्रसाद २’ को अभिनेत्रीको रुपमा केकी अधिकारी फाइनल भएकी छन् । निर्माण युनिटले मुख्य भुमिकाको लागि केकीलाई अनुबन्धित गरेको हो ।

अभिनेत्री नम्रता श्रेष्ठको स्थानमा केही फाइनल भएको निर्माण युनिटले जनाएको छ । केकीलाई भित्रिएसँगै फिल्मको काम पनि अव अगाडि बढ्ने भएको छ ।

अभिनेता विपिन कार्की र निर्माण युनिटका लफडाको कारण केही अगाडि फिल्मको छायांकन रोकिएको थियो । त्यसपछि नम्रताले नभ्याउने भन्दै फिल्म छोडेकी थिइन् । सोही कारण फिल्मको छायांकन अगाडि बढ्न सकेको थिएन ।