फिल्म हलमा रिस्ताको डेटिङ

कार्तिक १७, २०७९


अभिनेत्री रिस्ता बस्नेत प्रेमी अजयसिंह ठकुरीसँग विवाह बन्धनमा बाँधिने तरखरमा छन् । विवाहको मिति तय नभए पनि यसै वर्षभित्र विवाह गर्ने उनले केही अगाडि बताएकी थिइन् । एक वर्षदेखि अमेरिकामा बस्दै आएका अजय र उनको प्रेम केही साता अगाडि रिलिज भएको फिल्म ‘हिजो आजका कुरा’ को प्रिमियर सार्वजनिक भएको थियो । प्रिमियरमा अजय प्रेमी भएको उनले खुलासा गरेकी थिइन् ।

त्यसयता फिल्मको प्रिमियरमा सहभागी हुन उनी प्रेमी अजयसँग पुग्ने गरेकी छन् । बुधबार विश्वज्योती चलचित्र भवनमा आयोजित फिल्म ‘लाखे’ को प्रिमियरमा पनि उनी प्रेमी अजयका साथ पुगेकी थिइन् । दुवै हल २ को दाईना पछिको कुनाको सिटमा बसेका थिए । शो क्रममा उनीहरूको ध्यान फिल्मभन्दा पनि एक अर्कोतिर बढी थियो । बीच्च बीचमा उनीहरू एकअर्कोसँग कुरा गर्दै हास्थे । हेर्दा लाग्थ्यो उनीहरू फिल्मको प्रिमियरमा फिल्म हेर्न भन्दा डेटिङमा आएका हुन् ।