भोलिबाट सिनेमा घरमा मल्टिस्टारर चलचित्र ‘लाखे’,कस्तो रहला ओपनिङ ?

काठमाडौँ। सम्राट बस्नेत निर्देशित मल्टिस्टारर चलचित्र ‘लाखे’ भोलिबाट देशभर प्रदर्शन हुँदैछ। हिजो काठमाडौ भएको प्रिमियरबाट चलचित्र प्राप्त सकारात्मक प्रतिक्रियाले चलचित्र ओपनिङ राम्रो हुने अपेक्षा निर्माण टिमको छ। प्रिमियरमा उपस्थित प्राय सबै चलचित्रकर्मीले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।
हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्र एक्सन, सस्पेन्स-थ्रिलर जनरामा निर्माण गरिएको छ । सार्वजनिक चलचित्रको टिजर,ट्रेलर र गीतसंगीतले राम्रो हाइप बनाएकाले पनि चलचित्रले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वास रहेको छ। यसैबीच चलचित्र ‘लाखे को अग्रिम बुकिङ समेत खुलिसकेको छ।
चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
सिजन अर्यालको कथा तथा निर्माण रहेको चलचित्रको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) रहेका छन् । चलचित्रमा सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन रहेको छ ।