भोलाराज र नम्रता स्टारर ´डेसान`को टिजर सार्वजनिक

कार्तिक २४, २०७९


काठमाडौं – भोलाराज सापकोटा र नम्रता सापकोटा स्टारर चलचित्र ‘डेसान’को टिजर सार्वजनिक भएको छ । सामाजिक कथामा निर्माण गरिएको चलचित्र आगामी मंसिर २३ गतेबाट देशव्यापी प्रदर्शन हुँदैछ। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकका बीच चलचित्रको टिजर रिलिज गरिएकको हो ।

कमल एक्चै मगर निर्देशित चलचित्रमा भोला र नम्रताका अलवा निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारु मगर लगाएतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक कमलले ‘डेसान’ कोरोना महामारी त्रासादी कालमा निकै सकसका साथ छायांकन गरिएको स्मरण गरे । उनले कोरोनाका कारण सबैतिर अन्यौलको वातावरण भएको बेलामा आफूहरुले जोखिम मोलेर सुटिङ गरेको बताए ।

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको सिनेमामा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर अनि अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रको बितरण एफडी, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले संयुक्त रुपमा गर्नेछन्।