के आर्यनको फिल्म भएपछि एक्सनमा पनि लभ चाहिन्छ ?

मङि्सर १५, २०७९


नेपाली फिल्म क्षेत्रमा रोमान्टिक नायकको नाम लिने हो भने, आर्यन सिग्देल अग्रपंक्तिमा आउँछन् । आर्यन सिग्देलले नायिकासँग रोमान्टिक भएर काम गरेका धेरै फिल्म चलेका छन् । करिअर नम्बर १ मा चलिरहेको समयमा आर्यनले जब फिल्ममा एक्सन र कमेडीलाई प्राथमिकता दिन थाले, उनी असफल भए । त्यही असफलताले आज पनि आर्यनलाई पोलिरहेको छ ।

आर्यन अब फिल्म ‘डिसेम्बर फल्स’ बाट बढी आशावादी छन् । पौषको १५ गतेबाट रिलिज हुन लागेको यो फिल्ममा उनले नायिका उपासना सिंह ठकुरीका लागि रोमान्स र एक्सन दुबै गरेका छन् । आर्यन भन्छन्–‘फिल्ममा म भएपछि एक्सनमा पनि रोमान्स चाहिन्छ भन्छु । निर्माताले पनि सहजै मान्नुहुन्छ । पक्कै पनि हो, नेपालमा अभिनय भर्सटायल रुपमा गर्न सक्ने नायकको खोजी गर्ने हो भने दिलिप रायमााझीपछि आर्यन सिग्देलकै नाम आउँछ ।

आर्यन हरेक भूमिकालाई परिपक्क तरिकाले गर्न माहिर छन् । ‘डिसेम्बर फल्स’ मा एक्सन, रोमान्स, कमेडी सबै भएको आर्यनको तर्क छ । यसैले, पनि यो फिल्मलाई दर्शकले मन पराउने उनले बताए । प्रविण झाको निर्देशनमा तयार भएको फिल्मले दर्शकको स्वाद बोकेको आर्यन बताउँछन् । उनले ‘डिसेम्बर फल्स’ जस्तै फिल्ममा दर्शकले आफूलाई हेर्न चाहेको दाबी समेत गरेका छन् ।