रमेशराजको ‘भन साँईला’

असोज ०१, २०७८


गायक रमेशराज भट्टराईले गत सोमबार भन साँईला बोलको गीत सार्वजनिक गरेका हुन् । उनकै शब्द तथा संगीत रहेको गीतमा विश्वास नेपालको एरेन्ज छ । यो गीत रमेशराजले पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालसँग गाएका छन् । शंकर बिसीको निर्देशनमा तयार भएको भिडियोमा कलाकार जीवन भट्टराई र लक्ष्मी वर्देवाले अभिनय गरेका छन् ।

रियल जोडी जीवन र लक्ष्मीको अभिनय भिडियोमा गज्जब देखिएको छ । भिडियोमा कलाकार सन्तोष पन्त र संगम भण्डारीको समेत अभिनय रहेको छ । गीतमा वैदेशिक रोजगारीको कथालाई मर्मस्पर्शी रुपमा प्रस्तुत गरिएको छ । यो गीतको भिडियोलाई युट्युबमा ४ दिनमा ४ लाख ३२ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा दुर्गा पौडेलको छायाँकन, नविन घर्ती मगरको सम्पादन छ ।