अब चलचित्र कसरी चल्छ ?

जेठ २२, २०७७


64x64शान्तिप्रिय

कोरोना महामारीका कारण विश्वव्यापी लकडाउन छ । अर्थतन्त्र तहस नहस भएको छ । सम्पूर्ण क्षेत्र तहस नहस भइसहँदा गाँस, बास एवं कपास पछी बल्ल आउने मनोरञ्जन त्यसबाट अछुतो रहने कुरै आएन । विश्व भरी नै चलचित्र उद्योग डामाडोल छ । पछि चपेटामा यहि परिस्थितिमा नेपाली चलचित्र उद्योग अब कसरी अगाडी बढ्छ वा बढ्नेछ भन्ने चिन्ताले नेपाली चलचित्र उद्योगका चलचित्रकर्मी चिन्तित देखिन्छन् ।
नेपाली चलचित्र उद्योगले विभिन्न विषम परिस्थिति भोग्दै आएको छ । केही अघिकै कुरा गर्ने हो भने ५ बर्ष अघि मात्रै पनि भूकम्पका कारण चलचित्र उद्योगले अप्ठेरो परिस्थितिको सामना गर्नु परेकै हो । त्यो बेलाको परिस्थिति पनि कम आंकलन गर्ने खालको थिएन । फेरी अर्को एउटा विकराल अवस्था आएको छ । नेपाली चलचित्र उद्योग अब कुन बाटोमा मोडिन्छ भन्ने नै सोच्न सकिने अवस्था छैन । यसो त सबै क्षेत्रनै ध्वस्त छ ।
कोरोना विश्वव्यापी रुपमै घटेको छैन बरु बढ्दो छ । नेपालमा पनि दीनानुदिन प्रभाव बढीरहेकै छ । केही सन्तुष्ट हुने ठाउँ यस मानेमा छ की नेपालमा कोभिड १९ कै कारण कोही मरिहालेका पनि छैनन् । तै पनि यो सन्तुष्ट हुने कुरा होइन । सचेत हुन जरुरी छ । डराउनु भन्दा पनि सजग रहनु नै यसको कारण हुनुपर्छ । डराउनु भन्दा पनि सजग रहनु नै यसको कारण हुनुपर्छ । सकेसम्म निराकरणका उपाय खोजिनु पर्छ ।
अहिलेको अबस्थामा लकडाउन कहिले भन्ने नै छैन । लक डाउन यसपछी खुलीहाले पनि चलचित्र भवन खुलीहाल्छ भन्ने बातावरण छैन । खुल्न त खुल्ला वा केहि समयपछि खुल्न सक्छ, त्यसपछी चलचित्र चलाउनै पर्छ । चलचित्र भवन खुलेको अवस्थामा पनि हलसम्म दर्शक आइहाल्छन् भन्ने लाग्दैन । दर्शक जति खेरसम्म हलमा आउन निर्धक्क हुँदैनन् तबसम्म उनिहरु आउदैनन् । यस अवस्थामा दर्शकलाई हामीले हलसम्म तान्न जरुरी पनि छ भने सुरक्षित राख्नु पनि जरुरी छ । यसैले चलचित्र भवन खुलीसकेपछीको अवस्थामा पनि हामी सजग, सचेत र सुरक्षित बन्न सक्नुपर्छ । हललाई सुरक्षीत बनाउने, दर्शकलाई चेकजाँच गर्ने जस्ता प्रविधि पनि अपनाउनु पर्ने हुन सक्छ । यस अवस्थामा बरु हललाई सेनेटराइज गर्ने, स्वास्यकर्मीको संलग्नतामा दर्शकलाई स्वास्थ जाँच गरि सुरक्षित बनाउने र अन्य स्वास्थ्य सुरक्षाका प्रकृया पुरा गर्न सक्नु पर्छ । हल खोलिनु वा खुल्नु ठूलो कुरा होइन । ठूलो कुरा त त्यो हो की दर्शक हलसम्म आउन सक्नुपर्छ । यसतर्फ प्रदर्शक, वितरक, निर्माता सहित सरोकारवाला चलचित्रकर्मीको छलफल एवं परामर्शमा चलचित्र चलाउने बातावरण बनाउन जरुरी हुन्छ ।
चलचित्र भवन खुल्न थालेपछी यत्तिकै चलचित्र आइहाल्छन् वा निर्माताले चलचित्र दीइहाल्छन् भन्ने पनि छैन । यस अवस्थामा चलचित्र प्रदर्शन भवन खुलीहाले भने पनि अर्थ छैन । यसैले पहिले हामीले पुराना तथा हिट चलचित्र चलाएर प्रयोग पनि गर्नुपर्छ । तर यो पनि समाधान होइन । विगतमा पुराना चलचित्र चलाउने प्रयास असफल पनि भएका छन् । तै पनि घर मै बसेर निराश भएका दर्शकलाई केही हदसम्म पुराना चलचित्रले पनि साथ दीन सक्छन् यो विकल्प प्रयोग मात्रै हो समाधान होइन । निर्माता खासगरी ठूलै लगानिका निर्माता हलको वातावरण तयार नभैकन चलचित्र चलाउन तयार हुँदैनन् । साना लगानिका निर्माता भने केही तयार पनि हुन सक्छन् । यो विकल्प त हुनसक्छ तर यस्ता चलचित्रले हल धान्दैन । यस्तो अवस्थामा चलचित्र भवनले सुझबुझका साथ हलले दीने गरेको व्यवसायको प्रतिशत बढाउनु पनि जरुरी छ । ताकी निर्माताको कम रिक्स देखुन् । त्यो पनि वातावरण बनाउन जरुरी छ । यसो त कोरोनाको यो महामारीमा हल पनि प्रभावीत छन् । हललाई पनि घाटै–घाटा भएको छ । तै पनि एक पक्षले उदारता नदेखाइकन माहौल बन्न सक्दैन । यसैले हल तयार हुनेपर्छ ।
देशमा सरकार छ । चलचित्र क्षेत्रको परिस्थिति हेर्नका लागि चलचित्र विकाश बोर्ड छ । यतिखेरको विषम परिस्थितिलाई सुधार गर्न विकाश बोर्डको पहलमा राहत प्रदान गर्न जरुरी छ । करोडौका हल घाडामा छन् । चलचित्र निर्माता घाटामा छन् । वितरक लगानि गरेर बसेका छन् । अव राज्यले यसतर्फ हेर्न जरुरी छ । सरोकारवालाको परामर्शमा राहत दीन सक्नुपर्छ । प्रदर्शक, वितरक र निर्मातालाई आवस्यक केही न केही राहतले चलचित्र उद्योग पुन तताउन जरुरी छ । राज्यले बोर्डले यी पक्षलाई ऋण दीन सक्नुपनि अर्को सहयोग हुनुपर्छ । त्यसको व्याजदर निकै कम प्रतिशत भन्दा माथी हुनु हुुँदैन । यसरी विभिन्न प्याकेज दीन सकियो भने मात्रै चलचित्र चलाउने वातावरण बन्न सक्छ ।
यस सम्बन्धमा प्रतिक्रिया दिदैे बितरक तथा निर्माता गोपाल कायस्थले भने –

 सिधै भन्नुपर्दा हामीले ठुला ब्यानरका चलचित्र तान्नुपर्छ । त्यसका लागी प्रमुख बिकल्प भनेको हलले पर्सेन्टेज बढी दीनुपर्छ । ताकी निर्माता हौसीउन् । हामीले सक्दो बढी पर्सेन्ट निर्मातालाई दीन सक्यौ भने निर्मातालाइ पनि केही भरोषा बढ्नेछ भन्ने लाग्छ । नयाँ राम्रा चलचित्र चलोस् ता की दर्शक हलसम्म आउन् । अर्को एउटा बिकल्प निर्मातालाई एमजी पनि हो । यसका लागी बिकाश बोर्ड जस्ता निकायबाट पहल गरी बितरक एवं हललाई न्यूनतम ब्याजमा पैसा दीनुपर्छ । त्यो ब्याजदर २ प्रतिशत भन्दा माथी हुनु हुदैन । यो पैसा निर्मातालाई एमजी दीएर सुरक्षित बनाउन काम लागोस् । नेपाल चलचित्र संघ एवं नेपाल चलचित्र निर्माता संघको समझदारी एवं परामर्शमा हामीले एउटा संयन्त्र बनाउन सक्नुपर्छ जसका कारण चलचित्र चलाउन सजीलो होस् । त्यस्तै चलचित्र बिकाश बोर्डको पहलमा चलचित्रकर्मी हरुलाई प्रदर्शन भवनलाई कर मिनाहा गरीदीनु पर्छ । हलहरु पनि यस कोरोना कहरमा पीडीत बन्न पुगेका छन् । अब राज्यले सम्बोधन गर्ने बेला आएको छ । चलचित्र बिकाश बोर्ड के का लागी भन्ने प्रश्न भोलि नउठोस् ! हलहरुलाई राहत दीन कन्जुसाई नदेखीयोस् । हलहरुलाई हामीले बचाउन सकेनौ भने न हल रहन्छन् न चलचित्र चल्छन् ।
यस सम्बन्धमा प्रतिक्रिया दिदैे नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान भन्छन् –

 सर्बप्रथम चलचित्र चलाउन निर्माता उत्त्साहित हुन सक्नुपर्छ । यसका लागि निर्मातालाई प्रोत्साहित गर्न सक्नुप¥यो । मनोरञ्जन आफैमा सबैभन्दा पछिको व्यवसाय हो । मान्छे स्वतन्त्र भएपछि मात्रै मनोरञ्जन खोज्छ । यसो त कोरोना त्रास बढीरहेको छ । संख्या दीनानुदीन बढीरहेको छ । यस अवस्थामा खुल्ने छाटकाट अहिले छैन र यतिखेर खुल्दै न पनि खुलेपछी राहत प्रदान नगरी केही हँुदैन । अव यो जुन ग्याप छ त्यो कसरी पुरा गर्ने भन्ने नै प्रमुख हो प्रधान भन्छन् । खुलेपछि मापदण्ड पुरा गरेर अगाडी बढ्न सकिन्छ । हलमा ४०० सिट छ भने १०० दर्शक राख्न सकिन्छ । प्रत्येक शोमा सेनिटाइजर, मास्क सबै व्यवस्था हुनुपर्छ । हलका कर्मचारी आधा घटाएर पालो गर्नुपर्छ । अव यस अवस्थामा निर्माता र प्रदर्शकलाई सरकारले राहत दिनुपर्छ । स्थानिय कर छुट हुनुपर्छ । चलचित्र विकाश बोर्ड, उद्योग वाणिज्य संघ जस्ता संस्थासँग परामर्श गरेर विभिन्न राहत प्याकेज ल्याउनुपर्छ । निर्माता र हामी विच परामर्श गरेर हामी लकडाउन पछि आउने छौं चलचित्र संघ अध्यक्ष मधुसुदन प्रधानले भने ।
अबको अवस्था के हुन्छ भन्ने सन्दर्भमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको राय भने यस्तो छ ः–

राज्यले भने बमोजिम सामाजिक दुरी कायम हुनुपर्छ । अहिले हल खुल्ने र खोलिहाल्ने अवस्था छैन । एक न एक दीन त खुल्छ र हामीले सावधानि अपनाउनु पर्छ । आफुले निर्माता संघकाका तर्फबाट सरकार र चलचित्र विकाश वोर्डलाई पत्र थमाइसकेको र यो अवस्थाको मात्र होइन बजेटमा समावेश गरिनुपर्ने कुरा समेत पत्र पठाएको अध्यक्ष अधिकारी बताउछन् । अहिलेको अवस्थामा सकारात्मक भएपछि हलमा सर्वप्रथम स्वास्थ्य सचेतना अपनाउँदै दर्शक ३३ प्रतिशतमा झार्नुपर्ने बताउँछन् । यसरी दर्शक घटेपछी लगानि त उठ्दैन । यस अवस्थामा सरकारबाट राहत हुनुपर्छ । २ वर्ष कमसेकम ट्याक्स छुट हुनुपर्छ । लोनमा ७५ देखि ५० प्रतिशत कर छुट पाउनुपर्छ । पुष मसान्त सम्म समय बढाइनुपर्छ । चलचित्रको लगानिको आधारमा २० प्रतिशत सहयोग दीनुपर्छ । रिलिज चलचित्रका सन्दर्भमा मात्र नभएर अब बन्ने चलचित्रमा पनि यो सुविधा हुनुपर्छ । होइन भने भोलि चलचित्र नै बन्न सक्दैनन् । कलाकार प्राविधिक हजारौ संख्यामा बेरोजगार हुन्छन् । यसैले सरकारले सहुलियत दिनै पर्छ । चलचित्र निर्माता, हल, ल्याव, स्टुडियो सबैलाई राहत हुनुपर्छ । अब चाडै विश्वभरी चलचित्र पु¥याउने वातावरण तयार हुनुपर्छ । डिजिटल प्लेटफर्ममा जानुपर्छ । दीर्घ कालिन सोच यतिखेरै आउनुपर्छ । एप्स निर्माण गरी कसरी विश्वमा चलचित्र पुग्न सक्छ र त्यसका लागि के कस्ता प्रयास गरिनुपर्छ भनेर सरकारलाई आफुले सुझाव दिइसकेको समेत नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन् ।

चलचित्र कलाको माध्यम हो । कला राज्यको पहिचान हो । यसैले चलचित्र बचाउने दायित्व राज्यको हो । चलचित्र भवनले निर्मातालाई दीने प्रतिशत बढाएर (६० प्रतिशत बनाउन सकिन्छ), राज्यले राहत दिएर, राज्यले २ प्रतिशत मा ऋण प्रदान गरेर जस्ता विकल्पका माध्यमबाट चलचित्र बचाऔं । उद्योगको मान्यता प्राप्त गरेकै वर्षबाट उद्योग नसकियोस् । हामी सबै चलचित्रकर्मी हातेमालो गरौं ।