कहाँ जादै छ नेपाली सिनेमा ? कहिले हुन्छ गतिशील ?

माघ ११, २०७७     डि.आर.एन.


वि.स. २००८ साल देखि सुरु भई सात दशक लामो यात्रा पार गरेको नेपाली सिने जगत अहिले आएर भने शिथिल भएको छ । नेपाली चलचित्र क्षेत्रको यस्तो दखुद अवस्था भने पहिलो पटक आएको हो भनेर भन्न मिल्दैन । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण अहिले शिथिल भएको नेपाली चलचित्र क्षेत्र यो भन्दा पहिले पनि कोरोना वाहेकका थुप्रै संकटहरुबाट गुज्रिएको थियो । वि.सं २०५२ सालमा तत्कालिन माओवादिले शशस्त्र विद्रोह घोषणा गरी युद्धमा होमिएपछि पनि नेपाली चलचित्र क्षेत्र निकै दयनिय अवस्थामा पुगेको थियो । त्यस बखत पनि नेपाली चलचित्र क्षेत्र यसै गरी नै थलिएको थियो ।
तत्कालिन अवस्थामा वार्षिक १५० भन्दा वढि सिनेमा बन्दै आईरहेको नेपाली सिने जगत त्यस वखत वार्षिक १०/१५ वटा सिनेमा निर्माण हुन्थे । सिनेमा निर्माण भए पनि देश भरका सिनेमा हल सरल तरिकाले सुचारु हुन सकिरहेका थिएनन् । ठाँउ ठाँउका सिनेमा हल बन्द थिए भने बन्द नभएका सिनेमा हलमा पनि दर्शक गएर फिल्म हेर्ने माहोल नै थिएन । यस्तो कठिन परिस्थितीबाट गुज्रिएको नेपाली सिने क्षेत्रमा आफ्नो सपना देखेका थुप्रै अनुहारहरु पनि यो क्षेत्र नै छोड्न बाध्य भएका थिए । यति सम्मकि नेपाली चलचित्र क्षेत्रमा चल्तिका कहलिएका थुप्रै कलाकारहरु देशका साथै चलचित्र क्षेत्रले भोगिरहेको कठिन परिस्थितीलाई लत्ताउदै विदेशिएका थिए । नेपाली चलचित्र क्षेत्रमा वा–वाहि कमाएकै कलाकारहरु बाहिरीए पछि नेपाली चलचित्र क्षेत्रले झन अप्ठेरो स्थितीको सामाना गर्नु पर्याे । न त फिल्म वन्ने,न त बनेका फिल्म पनि हलमा चल्ने,यदि रिलिज भईहाले पनि न त दर्शक गएर फिल्म हेर्ने यस्तो परिस्थितीमा आफ्नो करिअरलाई दाउमा राख्न थुप्रै कलाकारहरु डराए र अन्नत नयाँ सपनाहरु बुन्दै विदेशए ।


यसरी शशस्त्र द्धन्दका कारण ठुलो मार बेहोर्नु परेको नेपाली चलचित्र क्षेत्रलाई पुनः गतिशिल हुन थुप्रै कठिनाईहरुको सामान गर्नुप¥यो । माओवादि द्धन्दकै कारण थला परिसकेको सिने क्षेत्रलाई पुनः जुर्मुराउनशान्ति प्रक्रिया नै कुर्नु परेको थियो । वि.स.२०६२/०६३ सालको जन–आन्दोलन पश्चात नेपालमा शान्ति प्रक्रियाको बाटो अगाडि बढ्यो र वि.स.२०६३ मंसिर ५ गने वृहत शान्ति सम्झौता सम्पन्न पश्चात नेपाली चलचित्र क्षेत्रलाई पनि जुर्मुराउने अवसर प्राप्त भएको थियो । एक दशक भन्दा लामो समय नेपाली चलचित्र क्षेत्र स्तव्ध नै बन्यो । त्यो एक दशकको नमिठो यात्राले चलचित्र क्षेत्रको विकास,विस्तारमा ठुलै प्रभाव पर्न गयो जसले गर्दा नेपाली चलचित्र क्षेत्र करिव दश वर्ष पछि धकेलियो ।

देशले नयाँ व्यवस्थाको अभ्याष गर्दै थियो । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको कल्पना गर्दै देश अघि बढिरहदा नेपाली चलचित्र क्षेत्रले पनि व्यापक मात्रामा फड्को मार्ने अवसर प्राप्त गर्याे। व्यापक समस्या झेलेको नेपाली चलचित्र क्षेत्रले देशको राजनैतिक परिवर्तन संगै आफुलाई पनि परिवर्तन गर्दै अगाडि बढाउने मौका पायो । अरु क्षेत्र जस्तै नेपाली सिने जगतमा पनि क्रान्तिकारी परिवर्तन भयो ।

चलचित्रको कथा,पटकथा,सम्वाद,कलाकार,निर्देशक,निर्माता,प्राविधिकीय पाटो लगायत यावद कुरामा परिवर्तन आयो । पुराना कलाकारलाई चुनौति दिदै नयाँ कलाकारहरु हावि भए । पुरानो प्रविधिलाई हवाला दिदै नयाँ नयाँ प्रविधिको विकास भयो । पुराना निर्देशक निर्माताको ठाँउमा नयाँ नयाँ फिल्म निर्देशक तथा निर्माताहरु भित्रिए । चलचित्रको कथा नयाँ शैलिमा अगाडि बढ्यो । चलचित्रका दर्शकहरुले पनि नेपाली चलचित्रबाट फरक स्वादको आशा गरे । दर्शकहरुको रोजाई फेरियो । दर्शकहरुको माग बमोजिमका चलचित्रहरु बन्न थाले ।

कोरोना महामारी भित्रिनु भन्दा अगाडि नेपाली चलचित्र क्षेत्रको बजार निकै व्यापक हुदै थियो । चलचित्रको छायांकन धमाधम हुन थालेको थियो,छायाकंन स्थलहरुमा वृद्धि आएको थियो । यसरी चलचित्र क्षेत्रको विकास र विस्तार हुदै जादा नेपाली चलचित्र क्षेत्रमा एउटै कलाकारले ५० लाख पारिश्रमिक पाउने अवस्था सिर्जना भईसकेको थियो । नेपाली चलचित्र क्षेत्र अन्तराष्ट्रियकरण हुदै थियो । नेपाली चलचित्र क्षेत्रले विदेशी चलचित्रलाई हावा खुवाउदै थिए । नेपाली चलचित्र क्षेत्रको गतिविधि निकै चलायमान हुदै थियो । नेपाली चलचित्रहरुले पनि एक पछि अर्को रेकर्ड व्रेक गर्दै थियो । अझ भनौ नेपाली चलचित्र क्षेत्रले राम्रो सम्भावना देखाएको थियो । अव चलचित्र जगतमा काम गर्नेहरु पनि आफ्नो पेशाको रुपमा नेपाली चलचित्र क्षेत्रलाई गर्वका साथ लिन थालिसकेका थिए । कसैले के बन्छस भनेर सोध्दा हिरो बन्छु,हिरोईन बन्छु,मोडेल बन्छु,निर्देशक बन्छु,फिल्म बनाउछु भन्ने दिन आईसकेका थिए । तर अपसोच गएको वर्षदेखि छिमेकि राष्ट्र चिनको वुहान बाट सुरु भएको कोरोनाका कारण नेपाल संगै विश्व नै स्तव्ध भयो । सबै बन्द भयो । त्यो बन्दको मारमा नेपाली सिने जगत पनि पर्याे ।

कोरोनालाई चनौति दिदै विस्तारै विस्तारै सबै क्षेत्र खुल्दै गए । अरु क्षेत्र खुले पनि नेपाली चलचित्र क्षेत्र खुल्न सकेको थिएन । हल संचालक तथा चलचित्र क्षेत्रमा आवद्ध विभिन्न संघ सस्थाको नेतृत्वमा हलहरु खोल्नका लागि विरोधहरु भए । सरकारको आनाकानीलाई चुनौति दिदै हल संचालकहरुले पुराना फिल्म रि–रिलिज गर्दै आफुखुसि फिल्महल खोले । तर विडम्वना दर्शक गएनन् । फेरी पुराना फिल्म रिलिज गरेकाले दर्शक आएनन् भनेर विश्लेषण हुन थाल्यो । यहि विचमा नेपाली चलचित्र क्षेत्रका अभिभावक मानिने कलाकार शिव श्रेष्ठले निर्माण गरेको फिल्म “एउटा यस्तो प्रेम कहानी” रिलिज गर्न शिव श्रेष्ठ तयार भए । त्यहि अनुसारको गृहकार्य गरेर अघि बढ्दा नेपाल सरकारले पनि कोरोना रोकथामका लागि नेपाल सरकारले बनाएको मापदण्ड पालना गरी सिनेमा हल खोल्न दिने निर्णय गर्याे । करिव नौ महिनाको बन्द पश्चात गएको माघ १ गतेदेखि देश भरका सिनेमा हलमा “एउटा यस्तो प्रेम कहानी” रिलिज भयो ।

फिल्म त रिलिज भयो तर कोरोनाको कहरका विच दर्शक घर देखि हल सम्म रिलिज हुन सकेनन् । न त फिल्म हेर्न दर्शक गए न त फिल्म क्षेत्र नै गतिशिल भयो । अलिअलि गएका दर्शकहरुले पनि फिल्मलाई झुरको संज्ञा दिए पछि जान मन गरेका दर्शकहरु घरमै वस्न बाध्य भए । चलचित्र सम्वन्धि विभिन्न टिकाटिप्पणी भयो । दर्शकको फिल्म प्रतिको माउथ पव्लिसिटि नै खराव भएपछि फिल्मले अहिले पानी सम्म पनि माग्न सकिरहेको छैन । त्यसो त कोरानाकै कारण फिल्म चलेन भनेर भन्नेहरु पनि छन् तर अन्तराष्ट्रिय बजार त्यो पनि भारतीय सिनेमा संग सधै नजिकको साईनो गास्ने नेपाली सिने क्षेत्र भारतीय सिनेमा बजार जसरी माथि उठ्न सकेन । भारतीय सिनेमा बजारमा एउटा सिनेमा कोरोना महामारीका विच रिलिज भएको थिया । साउथ चलचित्र ‘मास्टर’ले भारतीय बक्स अफिसमा बम्पर व्यापार गरेको छ । ५० प्रतिशत अकुपेन्सीमा रिलिज भएको चलचित्रले एक सातामा १५० करोड ग्रस कलेक्शन गरेको छ । कोरोनाका कारण हलहरु सुनसान रहेको अवस्थामा साउथका सुपरस्टार नायक विजयको चलचित्र ‘मास्टर’ले दर्शक हलसम्म फर्काउन सफल भएको हो । तमिलनाडुका केही हलमा यो चलचित्र शत प्रतिशत अकुपेन्सीमा रिलिज भएको थियो ।

अन्य देशमा यस्तो व्यापार हने,फिल्म चल्ने,दर्शकहरु हल सम्म जाने तर नेपालमा यो सब हुन नसक्नुको कारण के हो ? के कोरोना मात्रै यसको कारण हो त ? कि अझै पनि नेपाली सिनेमाहरुको निर्माणले विकसित रुप लिन सकेको छैन ? हामि कहाँ चुकेका छौ ? नेपाली सिने जगत यतिवेला कहाँ जादैछ ? किन नेपाली सिने जगत गतिशील हुन सकेन ? यि यावद कुराहरुको फेरी पनि वहस को विषय बन्न सक्छ ।

यो परिस्थतीलाई सरसर्ती हेर्दा नेपाली चलचित्र क्षेत्र झनै डरलाग्दो स्थितीमा पुगेको छ । यहि स्थितीले नेपाली चलचित्र क्षेत्र अगाडि बढ्ने हो भने फेरी पनि नेपाली चलचित्र क्षेत्र २० वर्ष पछाडि धकेलिएला भनेर भन्न सकिन्न ।
एक जना नायक (शिव श्रेष्ठ) जसले चलचित्र क्षेत्रलाई काँधमा राखेरै भए पनि अगाडि बढाउन घाटाको व्यापार गर्न तयार त भए तर अव फेरी घाटाको व्यापार गर्न को तयार हुने ? अर्को फिल्म हललाई कसले दिने भन्नेमा नै अल्यौलता सिर्जना भएको छ । करौडौ लगानी गरेर फिल्म निर्माण गरेर बसेका निर्माताहरु फिल्म हललाई दिन डराईरहेका छन् । यस्तो अवस्थामा फिल्म नपाएपछि अव हल संचालकहरुले नै हल वन्द गरेर बस्ने परिस्थिती भित्रिसकेको छ । अन्य सबै क्षेत्र पहिलाकै जसरी गतिशील हुदा नेपाली चलचित्र क्षेत्र भने जहाँको त्यहि छ अझ भनौ माथि उठ्नै नसक्ने गरी दलदलमा फसेको छ ।

यस्तो संकट नेपाली सिनेमाले कहिले सम्म भोग्नुपर्ने हो त्यो कसैले पनि ठोकुवा गरेर भन्न सक्ने स्थिती छैन । नेपाली चलचत्रि क्षेत्र कहिले गतिशिल हुने हो केहि ठेगान छैन । नेपाली चलचित्र क्षेत्रको व्यवस्थापन र नियमन गर्न जन्मिएको चलचित्र विकास बोर्डले समयमानै उचित निर्णय लिई नेपाली सिनेमा बजारलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । यस्तै चलचित्र क्षेत्र संग सम्वन्धित विभिन्न जिम्मेवार संघ संस्थाहरुले नेपाली सिनेमालाई पहिलाकै जसरी गतिशिल बनाउन समयमानै महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने सख्त जरुरी छ हैन भने “नेपाली हामि रहौला कहाँ नेपालै नरहे” भने जस्तै “चलचित्रकर्मी रहौला कहाँ चलचित्रै नभए” भन्ने दिन नआउला भनेर भन्न सकिदैन ।

लेखक चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाका निवर्तमान अध्यक्ष हुन् ।
लेखकको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/dhrubarajneupane.drn/

लेखकका अन्य लेखहरु पढ्न दिईएको लिंकमा क्लिक गर्नुहोस् ।