अन्ततः संसद बिउझियो,दाङका ज्योतिषी मुस्कान खनालको भबिस्यबाणी सहि साबित

फागुन ११, २०७७     सम्पूर्ण कुरा


सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन बदर गर्ने आदेश दिएको हो ।

आदेशमा १३ दिनभित्रै संसद अधिवेशन बोलाउन पनि भनिएको छ । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेका थिए । विघटनपछि विभिन्न टिकाटिप्पणी भए सङ्गै दाङका युबा ज्योतिषी मुस्कान खनालले गरेको भबिस्यबाणी सहि साबित भएको छ । उनले संसद विघटन भएकै दिन पुष ५ गते आफ्नो फेसबुक वालमा संसद पुनःस्थापन हुन्छ भनेर भबिस्यबाणी गरेका थिए । यो सङ्गै उनले विभिन्न समयमा गरेका भबिस्यबाणी सबै सहि साबित हुँदै गएका छन । प्रधानमन्‍त्री केपी ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिबाट संसद विघटन गर्दै चुनावको मिति घोषणा भएको थियो । उक्तदिन नै चर्चित भविष्यवक्ता मुस्कान खनालले आफ्नो फेसबुक सट्याटस मार्फत संसद पुनर्स्थापना हुने भविष्यवाणी गरेका थिए । पुर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाउने , कोरोना नियन्त्रण हुने समय , संसद पुनर्स्थापना हुने भविष्यवाणी लगायत उनले हरेक पटक गर्ने भविष्यवाणी सत्य सावित हुँदै आएका छन् । सन् २०१९ मा बंगलादेशमा सम्पन्न ‘२८ औँ दक्षिण एसियाली ज्योतिष सम्मेलनमा ”स्वर्ण पदक” सहित ”Prominent Astrologer of South Asia Continent” अवार्डबाट विभुषित भएका भविष्यवक्ता मुस्कान खनाल MSC Counselling & Spritual Health का बिधार्थी हुन् । उनी दक्षिण एसियाली ज्योतिष महासंघका केन्द्रिय सदस्य समेत हुन् ।