लक्कीको”पिउने बानी भो”सार्वजनिक (भिडियोसहित)

असोज २६, २०७८


गायक लक्की सिटौलाको स्वर रहेकोे गीत “पिउने बानी भो”सार्वजनिक भएको छ। सिटौलाकै संगीत रहेको सार्वजनिक गीतमा निर्देशक तथा कलाकार विनोद केसीको शब्द रचना, निर्देशन र कथा तथा विदुर गिरीको क्रियटिभ डाईरेक्शन रहेको छ।

प्रेममा धोका पाएको एक प्रेमीले त्यसपछि बसेको पिउने बानीका कारण भोगेको विभिन्न घटनाको कथा समेटिएको उक्त गीतको म्युजिक भिडियोमा  महेन्द्र गौतम, दिनेश दुलाल, दिपासा बिसि र रिश्वान अर्यालले अभिनय गरेका छन् भने अतिथि कलाकारमा शम्भु श्रेष्ठ र कृष्ण प्रसाद राजघतानीले अभिनय गरेका छन्।

एसजीएफ युट्युब च्यानलबाटसार्वजनिक गरिएको म्युजिक भिडियोमा प्रेममा धोका पाए पनि प्रेकिालाई विर्सन नसकेको प्रेमीको कथा छ। करण चैसिरको छायाँकन रहेको गीतको म्युजिक भिडियो राजकुमार मगरले सम्पादन गरेका छन्।