बिमलाको “कस्ले सुनाई दियो” सार्वजनिक (भिडियोसहित)

कार्तिक ०१, २०७८


दाङ। बिमला भुसालको डेब्यु गीत “कस्ले सुनाई दियो” सार्वजनिक भएको छ।गायिका भुसालकै शब्द रहेको गीत शिशिर भन्डारी इन्टरटेन्ट युटुब च्यानलबाट रिलिज भएको हो।

ऋषिराज आचार्यले निर्देशन गरेको म्युजिक भिडियोमा शिशिर भन्डारी,राजिब जङ्ग बस्नेत ,सोना बज्राचार्य ,गोमा भुसाल ,तुलसीप्रसाद श्रेष्ठ ,प्रीन्स गुप्ता,इन्दिरा राना मगर लगाएतका कलाकारको अभिनय रहेको छ।

नारी संबेदनाको बिषयलाई गहन तरिकाले प्रस्तुत गरिएको गीतमा बिपिन आचार्यको संगीत र अनिल महर्जनको सम्पादन रहेको छ। पुस्पा भुसाल र प्रीन्स गुप्ताको लगानी रहेको गीतलाई युट्युवमा दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ।