आचार्यको ‘खुसीको गीत’ सार्वजनिक (भिडियोसहित)

कार्तिक ०८, २०७८


काठमाडौं । सञ्चारकर्मी कुमार आचार्यको निर्देशन रहेको गीत ‘खुसीको गीत’को भिडियो सार्वजनिक भएको छ।गायक यम बरालको स्वर रहेको गीत बुढासुब्बा डिजिटल युट्युबमार्फत रिलिज भएको छ।

रमेश क्षेत्री, रितिष्का क्षेत्री र अनामिका कार्किको अभिनय रहेको गीतमा वीरेन्द्रकुमार बलामीको शब्द, राजकुमार बगरको संगीत र मिक्सिङ तथा कमल सौरागको एरेञ्ज रहेको छ। भिडियोमा विनयराज पौडेलको मुख्य सहायक निर्देशन, सुरजसिंह भण्डारीको ड्रोन, अमृत पाण्डेको क्यामरा, रामेश्वर हुमागाईंको डीओपी र विशाल बिसीको सम्पादन छ ।