आधुनिक गीत “मखमली”सार्वजनिक (भिडियोसहित)

कार्तिक २५, २०७८


काठमाडौ ।
अभिनेता, निर्देशक तथा गीतकार विनोद केसीको नयाँ आधुनिक गीत “मखमली” सार्वजनिक भएको छ। केसीले रचना गरेको गीतमा लक्की सिटौलाको संगीत तथा लक्कीका र अञ्जु पन्तको स्वर रहेको छ।

भावनात्मक तथा सुमधुर शैलीमा निर्माण भएको गीतले दर्शकबाट माया पाए आगामी दिनमा आफूले  यस्तै खालका सांगितिक कोसेली दर्शकमाझ ल्याइरहने विनोदले गीत सार्वजनिक कार्यक्रममा बताए। काठमाडौको विभिन्न रमणिय स्थानहरुमा छायाकंन गरिएको गीतमा सुदर्शन भट्टराई र सगुन शाहीले अभिनय गरेका छन्।

विनोद के.सी.ले नै निर्देशन गरेको भिडियोमा करण चौसिरको छायांकन र राज कुमारको सम्पादन रहेको छ।