सद्भाबपुर्ण जिल्ला अधिबेशन बनाउन क्षेत्र नं ३ को आह्वान

मङि्सर ०९, २०७८


मङ्सिर ९, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३ को नबनिर्बाचित क्षेत्रिय समितिले जिल्ला अधिबेशनलाई सद्भाबको रुपमा सम्पन्न गर्न आह्वान गरेको छ । क्षेत्रिय सभापति जगत बहादुर खड्काको सभापतित्वमा आज बसेको पहिलो बैठकले यहि ११ गते हुन लागेको जिल्ला अधिबेशनलाई एकता र सद्भाबको अधिबेशन बनाउन अनुरोध गरेको हो । बैठकले क्षेत्रिय अधिबेशन सम्पन्न सहयोग गर्ने तथा निर्बाचित गर्न सहयोग गर्ने वडा समिति, पालिका समिति, प्रदेश सभापति, निर्बाचन समिति, सुरक्षाकर्मि, सन्चारकर्मि लगायत सम्पुर्ण मतदाताहरुलाइ धन्यवाद तथा आभार प्रकट गरेको बैठक पछि क्षेत्रिय सदस्य सुबास डागीले जानकारी दिनुभयो । बैठकको सहजीकरण क्षेत्रिय सचिब शोभाखर सापकोटाले गर्नुभएको थियो ।