दाङ कांग्रेस सभापतिमा शंकर डाँगीको उम्मेद्बारी, केन्द्रिय सदस्य दिपक गिरि लगायत शिर्ष नेताहरुको समर्थन

मङि्सर ०९, २०७८     शरद रेग्मी


नेपाली कांग्रेस दाङको सभापतिमा संस्थापन इतर समूहबाट वर्तमान सचिव शंकर डाँगीले उम्मेदवारी दिने भएका छन् । बिहीबार बेलुकी काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी, राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, लुम्बिनि प्रदेशका सासद शकर गिरि, दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, प्रदेश सभापति अभियान बस्नेत, नेताहरु बीरेकेश्वरी गौतम, खगराज पाण्डे, भोजराज पाण्डेसहितका नेताहरुको छलफलले जिल्ला सभापतिमा शंकर डाँगीलाई एकल रुपमा उम्मेदवार बनाउने सहमति कायम गरेको हो ।

घोराहीमा बसेको बैठकले डाँगीलाई सभापतिको उम्मेदवार बनाउन सर्बसम्मतरुपमा निर्णय गरेको बैठकमा सहभागी नेपाली काग्रेसका एकजना नेता एवम महाधिवेशन प्रतिनिधि बिमल रिजालले जानकारी दिनुभयो । घोराहिमा केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री दिपक गिरी लगायतका नेताहरु बसेर डाँगीलाई एकल रुपमा उम्मेदवार बनाउने निर्णय गरेका हुन् । विद्यार्थी राजनीतिहुदै पार्टीको राजनीतिमा होमिएका डाँगी युवादेखि अग्रज नेता कार्यकर्ताका बीचमा लोकप्रिय छन् । उनी महेन्द्र बहुमुखी क्याम्पस घोराहीका पूर्व स्ववियु सभापति पनि हुन ।

लोकप्रिय भोट ल्याएर जिल्ला सचिव भएका डागिले सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्दै गर्दा जिल्ला सभापतिको उम्मेदवार बन्नु पर्ने भन्दै नेता कार्यकर्ता र शुभेच्छुकहरुले ब्यापक रुपमा दवाब सृजना गरेका थिय । डाँगीले क्षेत्र नम्बर ३ को भर्खरै सम्पन्न निर्वाचनमा फेरिपनि अत्यधिक मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्बाचित भएका छन् । संस्थापन इतर समूहले दुई जना उपसभापति र एक जना सचिवको उम्मेदवार पनि टुंगो लगाएको छ । उपसभापतिमा गिरीराज सुवेदी र बुद्धिप्रकाश चौधरी तथा एक जना सचिवमा अर्जुन कुमार योगी उम्मेदवार बन्ने पक्का भएको छ । अरु सबै उम्मेदवारहरु बिहान सम्ममा टुङ्गो लगाउने पनि नेता रिजालले जानकारी दिनुभयो ।

सबैभन्दा बलियो र लोकप्रिय रहेका युवा नेता डागिलाई हामिले उम्मेदवार बनाएका छौ । “सबै क्षेत्रमा हाम्रो बलियो पकड छ यस अघिका सबै निर्बाचनमा हामिले अधिक बहुमत प्राप्त गरिसकेका छौ “जिल्ला निर्बाचन पनि “शकर डागिकै पक्षमा अत्यधिक बहुमत प्राप्त हुनेमा हामि ढुक्क छौ अर्का नेता एवम लुम्बिनि प्रदेशका सासद शकर गिरिले दाबि गर्नु भयो “। नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तरग मंसिर १० गते मनोनयत दर्ता र मंसिर ११ गते नेतृत्व चुन्न मतदानको समय तालिका सार्वजनिक भइसकेको छ ।