एन प्याव्सन हाजिरि जवाफकाे उपाधि जनप्रियलाई ।।

मङि्सर १०, २०७८


तुलसीपुर १०, एन प्याव्सन दाङले आयाेजना गरेकाे जिल्ला स्तरिय हाजिरि जवाफ प्रतियाेगिताकाे उपाधि जनप्रिय ईगलिश स्कुलले हात पारेकाे छ । आज राप्ती बाल एकेडेमि तुलसिपुरमा आजयाेजना गरिएको जिल्ला स्तरिय हाजिरि जवाफ प्रतियोगितामा जनप्रिय ईगलिश स्कुललले प्रथम स्थान हासिल गरेकाे छ । त्यसैगरि प्रतियोगितामा अमृत एकाडेमि दाेस्राे हाईलाईट ईगलिश वाेर्डिङ स्कुल तेस्राे र मिडवेष्ट प्वाइन्ट एकाडेमिले सान्त्वना स्थान हासिल गरेका छन । प्रतियाेगिताका प्रथम, दितिय, तृतिय र सान्त्वना हुने विद्यालयहरुले ट्रफि सहित प्रमाण पत्र र सहभागी विद्यार्थीहरुले नगद सहित प्रमाण पत्र प्राप्त गरेका छन । एन प्याव्सन दाङका अध्यक्ष विमल गाैतमकाे अध्यक्षता तथा एन प्याव्सनका लुम्बिनी प्रदेस संयाेजक सुवाेध कुमार डागिकाे प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियाे । साे अवसरमा वाेल्ने वक्ताहरुले वालवालिकाहरु लाई कितावि ज्ञान मात्र नभई अन्य अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउनु पर्नेमा जाेड दिएका थिय । साथै उनिहरुले काेराेना पछि जनजिवन सामान्य वन्दै गयकाे भन्दै अवका दिनका अतिरिक्त क्रियाकलापमा जाेड दिन सुझाव दिएका थिय । साे अवसरमा सचिव ठाकुर डागि, सहसचिव विक्रान्त ज्ञवालि लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियाे । हाजिरि जवाफ प्रतियाेगिताकाे संचालन मेट्राे कलेजका प्राध्यापक छवि वलिले गर्नु भएको थियाे ।