परिबर्तन गाउँपालिकाका प्रशासकीय प्रमुख खड्काको बिदाई

मङि्सर १०, २०७८     सम्पूर्ण कुरा


परिबर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको आज एक कार्यक्रमका बिच बिदाई भएको छ । करिब १४ महिनासम्म कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका खड्काको सल्यान स्थित कपुरकोट गाउँपालिकामा सरुवा भएको हो । गाउँपालिकाका अध्यक्ष निमकान्त डागीको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा गाउँपालिका कि उपाध्यक्ष हितकुमारी बुढा,वडा अध्यक्ष सुक बहादुर बुढा,प्रशासन अधिकृत राजेश बोहराले सरुवा भएर जान लाग्नु भएका खड्काको आगामी यात्राको सफलताको शुभकामना व्यक्त गरेका थिए । बिदाई कार्यक्रममा बोल्दै प्रशासकीय प्रमुख खड्काले सरुवा कर्मचारीको वृत्ति बिकासको माध्यम पनि भएकाले यसलाई नियमित प्रक्रियाको रुपमा लिन अनुरोध गर्दै कार्यालयमा रहदा सम्म आफुलाई सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नु भयो । यसैगरी बिदाई कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी,समाजसेवी लगायतले मायाको चिनो अर्पण समेत गर्नुभएको थियो । कार्यक्रमको संचालन लेखा अधिकृत ध्रुव राज न्यौपानेले गर्नुभएको थियो ।