अध्यक्ष पदका लागि ओलीसँग भिड्ने पक्षमै रावल, बन्दसत्र स्थलमा कार्यकर्ताले बाँडे पर्चा

मङि्सर १२, २०७८


मंसिर १२, नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जारी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने अडान कायम गरेका छन् । शनिबारको बन्दसत्रमा पार्टीको पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि राववले असन्तुष्टि व्यक्त गरेका थिए ।

एमालेको नवौं महाधिवेशनबाट पारित विधानमा नै पार्टीको पदाधिकारी चुन्न र चुनिन पाइने व्यवस्था गरेका कारण आफू कुनैपनि अवस्थामा अध्यक्षको उम्मेदवारबाट ब्याक नुहुने पक्षमा रावल देखिएका छन् । रावलले पछि नहट्ने संकेत गरेपछि एमालेभित्रका दोस्रो तहका नेताहरुले उनलाई फकाउने प्रयास समेत गरेका छन् ।

महाधिवेशनको शुरुवातदेखि नै सबै पदाधिकारी सर्वसम्मत चयन गर्ने बताउँदै आएका ओली आफूविरुद्ध नै उम्मेदवारी पर्ने देखिएपछि आन्तरिक गृहकार्यमा जुटेका छन् ।