प्रेस सेन्टर दंगीशरणको अध्यक्षमा योगी

फागुन ३०, २०७८


तुलसीपुर,३० फागुन ।
प्रेस सेन्टर नेपाल, दंगीशरण शाखा विस्तार भएको छ । सोमबार भएको एतिहासिक भेलाले प्रविण योगीको अध्यक्षतामा दंगीशरण कमिटि गठन गरेको हो । जसको उपाध्यक्षमा युवराज देवकोटा, सचिबमा राधी चौधरी, कोषाध्यक्षमा विष्णु एरि र सहसचिबमा अनिल रसायलीलाइ चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा मनोज चौधरी, सुनिता चौधरी, भुपेश खत्री, आशिष चौधरी, मरिचमान चौधरी, ऋषिराज चौधरी, प्रविण परियार, चन्द्रकला विक, होपाराम चौधरी, बसन्त चौधरी, समुबहादुर चौधरीलाई चयन गरिएको छ ।
प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, उपाध्यक्ष राकेश बस्नेत, सहसचिब दीपक बोहरा, तुलसीपुर शाखा सदस्य देवराज कडेलसहितको सहभागितामा त्यहाँ शाखा विस्तार गरेका हुन् । यस अघि शान्तिनगर, बबई, राजपुर र बंगलाचुलीमा शाखा विस्तार भइसकेको छ ।