दंगीशरण ५ को वडा भवन र स्वास्थ्य भवन एकै दिन उद्द्दाटन

फागुन ३०, २०७८


दिप्तीशिखा चौधरी,

दंगगीशरण, ३० फागुन।
दंगीशरण गाउँपालिका वडा न. ५ को नव निर्मीत प्रशासनिक भवनको उद्घाटन गरिएको छ । आज सोमवार एक कार्यक्रमका बिच वडा भवनको उद्घाटन गरिएको हो । लुम्बीनी प्रदेश स्वास्थ्य मन्त्री ईन्द्रजीत थारु गाउँपालिका अध्यक्ष भागिराम चौधरीले रीवन काटेर र शिलालेख पढेर भवनको उद्घाटन गर्नुभएको हो । शिलालेखमा वडा भवन निर्माणका लागि जग्गा दान गर्ने ब्यक्ती गोपाल खत्रीको नाम उल्लेख गरिएको छ । जग्गादाता खत्रीले ३ कट्ठा जग्गा दान गर्नुभएको हो । यस्तै वडा अध्यक्ष दिपक गौतमको कार्यकालमा वडा भवन निर्माण भएको भन्दै सदस्यहरु खिम बहादुर थापा, नवराज कवर, निमा चौधरी, लिलावती नेपाली र वडा सचिव प्रेम प्रकाश चौधरीको नाम उल्लेख गरिएको छ ।
यसैगरि आधारभुत स्वास्थ्य सेवा केन्द्रको समेत आज उद्घाटन गरिएको छ । स्वास्थ्य सेवा केन्द्र स्थापनाका लागि बुद्धिराज उपाध्ययायले जग्गा दान गर्नुभएको थियो । उहाँले २ कट्ठा जग्गा दान गर्नुभएको हो । जम्मा ५ कट्ठामा वडा भवन र आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री थारुले स्वास्थ्य सेवा सुविधाका लागि स्वास्थ्यलाई प्रविधिमैत्री बनाउँने बताउँनुभयो । नागरीकहरुको स्वास्थ्य समस्यालाई घरमै उपचार प्रदान गर्ने उद्धेश्य अनुरुप हरेक स्थानीय तहमा स्वास्थ्य भवन निर्माण प्रक्रियालाई गती लिएकाले अवका दिनमा स्वास्थ्य संग जोडिएका हरेक मेसीन उपलब्ध गराउँने प्रतिवद्धता ब्यक्त गर्नुभयो । अस्पताललाई सुढृत गराउँनका लागि एक्सरे मेसी, भिडियो एक्सरे मेसीन देखिए लिएर पोष्टमार्टम, ल्याव सेवा लगाएतका सेवाहरु उपलब्ध गराउँने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणमा स्वास्थयको क्षेत्रमा सोचे भनदा धेरै कामहरु भएको बताउँनुभयो । हरेक वडामा नागरीकहरुको समस्यालाई मध्यनजर गर्दै प्रत्येक वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरेको बताउँनुभयो । यस्तै दुई वटा स्वास्थ्य चौकिमा एम्वुलेन्स सेवा प्रदान गर्नुका साथै वागरमा १५ सैँयाको हस्पिटल निर्माण कार्य जारी रहेको जानकारी दिनुभयो । स्वास्थ्यको पहुँचमा दंगीशरणका नागरीकहरु पुगिसकेको भन्दै जग्गा दान गरेकालाई धन्यवाद ब्यक्त गर्नुभयो ।
कार्यक्रममा जग्गा दान गर्ने ब्यक्तीत्व गोपाल खत्री र बुद्धिराज उपाध्यायलाई सम्मान पत्रले सम्मान गरिएको थियो । भवन उद्घाटन कार्यक्रममा थारु महिलाहरुले शन्देसमूलक गित सहित मघौटा नाच प्रश्तुत गरेका थिए ।
यसैविच सो अवसरमा थारु जातीलाई सांस्कृतिक सामग्री वितरण कार्यक्रम अन्र्तगत लौवस्ता, डाँडाचिस, डाँडागाउँ, कुमलगडि,मिरौली, पोटली, कर्री, खलुवाचिस र लौवस्ताका थारु महिलाहरुलाई लेहेंगा र मादल खरीदका लागि १५ सय रुपैयाँ नगद वितरण गरिएको थियो । वडा अध्यक्ष दिपक गौतम र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्काले उक्त सामग्री प्रदान गर्नुभएको हो ।
वडा अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको हो । वडा सदस्य खिम बहादुर थापाको स्वागत मन्तब्य बाट शुरु भएको भवन उद्द्दाटन कार्यक्रमको शहजीकरण वडा सचिव प्रेम प्रकाश चौधरीले गर्नुभएको थियो ।