ओलीले बोलाए सचिवालयको बैठक

चैत ०१, २०७८


प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०को केन्द्रीय सचिवालयको बैठक बस्दै छ । मंगलबार अपराह्न ३ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्ने भएको हो । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाललका अनुसार बैठकमा समसामयिक परिस्थिति र स्थानीय निर्वाचनको तयारीका विषयमा छलफल हुने छ ।

यस्तै पार्टीका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका आसन्न बैठकहरूको तयारीलगायतका विषयमा छलफल हुने रिजालले बताए । चैतको दोस्रो सातासम्म तीन वटै बैठक बसेर स्थानीय तहको तयारी अगाडि बढाउने एमालेको तयारीमा छ ।

उक्त बैठकले उम्मेदवार छनोट, घोषणापत्र तयार लगायतका मापदण्ड बनाउने छ ।