राप्ती गाउँपालिकाको चार वर्षे पुर्वाधार विकासको विवरण सार्वजनीक

चैत ०१, २०७८     तिर्थराज ज्ञवाली


चैत्र १, दाङ ।
राप्ती गाउँपालिका पुर्वाधार विकास शाखाले विगत ४ वर्षको प्रगति विवरण सार्वजनीक गरेको छ ।
राप्ती गाउँपालिकाको नवौ गाउँसभामा स्वीकृत गर्ने गरि विगत चार वर्षका विचमा गाउँपालिकाको गाउँसभावाट स्वीकृत भईकार्य सम्पन्न भएको विकास कार्यको सार्वजनिक गरिएको हो ।
राप्ती गाउँपालिका पुर्वाधार विकास शाखा संयोजक तथा वडा नं ४ का वडा अध्यक्ष विष्णु बहादुर घर्ति क्षेत्रिले सार्वजनिक गरेको प्रतिबेदनमा स्थानिय सरकारको चार वर्षमा गरेका मुख्य कामहरुको बारेमा जानकारी गरिएको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका ९ स्थानीय तहमध्ये राप्ती गाउँपालिका पहिलो नम्बरमा देखिएको छ । राप्तीले ७०.७९ अंक प्राप्त गरेको पालिकाका कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
राप्ती गाउँपालिका पुर्वाधार विकास शाखाका सदस्य सचिव राप्ती गाउँपालिकाका ईन्जिनियर अशोक बेल्वासेका अनुसार राप्ती गाउँपालिकाले विगत चार वर्षमा हाल सम्म जम्मा ३२०० मिटर कालोपत्रे सम्पन्न भएको र यस आ.व.को लागि ३५०० मिटर कालोपत्रे गर्ने कार्यको लागि ठेक्का सम्झौता भएको साथै राप्ती चक्रपथ निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।
ईन्जिनियर अशोक बेल्वासेका अनुसार राप्ती गाउँपालिकामा राप्ती चक्रपथको उत्तर दक्षिण जोडने सडकहरु मध्ये भालुवाङ बगासोती सडकको टे«क खोल्ने कार्य सम्पन्न तथा १५०० मिटर कालोपत्रे कार्य सम्पन्न भएको छ, हर्षे डाँडा देखि खुरुरिया सडक ९०० मिटर कालोपत्रे कार्य सम्पन्न भएको, श्रीनारायण चोक देखि भानपुर सडक ८५० मिटर कालोपत्रे कार्य सम्पन्न भएको, सिसहनिया देखि महादेवा सडक १२०० मिटर कालोपत्रे कार्य सम्पन्न भएको, बगरापुर, सगरापुर, पत्थरगढवा, पहरुवा देखि भुल्के सडक १५०० मिटर कालोपत्रे कार्य सम्पन्न भएको जानकारी गरिएको छ ।
ईन्जिनियर अशोक बेल्वासेका अनुसार विगत चार वर्षमा राप्ती गाउँपालिका प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको र नव निर्वित गाउँपालिका भवनबाट कार्य सन्चालन भइरहेको, वडा कार्यालय भवनहरु १, २, ६, ७ र ८ को निर्माण कार्य सम्पन्न भएको, जस अन्र्तगत ९ न. वडा कार्यालय भवनको निर्माण कार्य अन्तिम चरनमा रहेको र वडा न.४ को कार्यालय भवनको ठेक्का सम्झौता भई निर्माण कार्य डि.पि.सि.लेबल सम्म भएको, पत्थरगढवा सानो नदि पुल निर्माण कार्य सम्पन्न भई, आवतजावत सन्चालन भइसकेको, दोलई खोला (मझनिगढ) पुलको निर्माण कार्य अन्तिम चरनको अवस्थामा छ र अबको केहि दिनमा सन्चालन हुने छ ।
राप्ती गाउँपालिका मसुरिया बड्का गल्ली ५०० मिटर कालोपत्रे सडक, लालमटिया पूर्व न्योपाने गल्ली ५५० मिटर कालोपत्रे सडक, वडा न. २ अन्र्तगत बराखुटी चोक देखि उत्तर र दक्षिण ८५० मिटर कालोपत्रे सडक, लालमटिया पश्चिम चोक देखि खुरुरिया जाने सडक करिब १००० मिटर सडक बिस्तार भएको छ ।
स्वास्थ्य क्षेत्रलाई लक्षित गरि गाउपालिकाको आधारभुत स्वास्थ्य इकाई केन्द्र भवनहरु, वडा न.२, ३, ४, ६, ७, ८ र ९ मा निर्माण कार्य सम्पन्न भई सम्पूर्ण स्वास्थ्य इकाई केन्द्रबाट सेवा सुचारु भइरहेको र यस आर्थिक वर्षमा दोलई खोला, पहरुवा कालापानी सडकको ठेक्का सम्झौता भइ निर्माण कार्य भइरहेको, राप्ती गाउपालिका वडा न.५ सिसहनियामा स्थित १५ सैंया अस्पतालको ठेक्का सम्झौता सम्पन्न भएको, गाउँपालिका अन्र्तगतका वडाहरुमा अधिकांश क्षेत्रमा ग्राभेल समेतको सडक बिस्तार तथा पक्की नाला, कल्भर्ट निर्माण, मठ मंदिर आदि बिभिन्न प्रकारका काम भएको छ ।
राप्ती गाउँपालिका पुर्वाधार विकास शाखा संयोजक तथा वडा नं ४ का वडा अध्यक्ष विष्णु बहादुर घर्ति क्षेत्रिले सार्वजनिक गरेको प्रतिबेदन अनुसार आर्दश नमुना मा.बि.को प्रशासनिक भवन निर्माण सम्पन्न भएको, आर्दश नमुना मा.बि.को बिध्यालय भवन निर्माण कार्य भइरहेको, यस आ.व.मा ४ वटा बिध्यालय भवनको ठेक्का सम्झौता भइ निर्माण कार्य भइरहेको, गाउपालिका अन्र्तगतका अन्य धेरै बिध्यालयहरुको २ कोठे र ४ कोठे बिध्यालय भवन निर्माण सम्पन्न गरि पठन पाठन सुचारु गरीएको छ ।
पर्यटन क्षेत्रको विकासका लागि गाउपालिकाको ५ वटा पर्यटन क्षेत्रको ःबकतभच एबिल, म्एच् भएको र  केहि भागको कार्य भएको छ ।
राप्ती गाउँपालिकाले गत चार वर्षमा घर नक्सा अभिलेखीकरण तथा नक्सा पासको काम आ.व.२०७५÷०७६ मा २५६ वटा, आ.व.२०७६÷०७७ मा ११६ वटा, आ.व.२०७७÷०७८ मा १०६ वटा, आ.व.२०७८÷०७९ मा ५३४ वटा गरि जम्माः १ हजार १ सय १ वटा अभिलेखिकरण भएको छ । नयाँ नक्सा पास आ.व.२०७५÷०७६ मा ६ वटा सम्पन्न भएको र १४ वटा डि.पि.सि. लेवल सम्म इजजत लगेको, आ.व.२०७६÷०७७ मा ४ वटा इजाजत लगेको र २ सुपर स्ट्रक्चर गलेको र आ.व.२०७७÷०७८ मा २ वटा डि.पि.सि.सम्मको इजाजत दिईएको छ ।