टिजरमा यस्तो देखियो ‘चिसो मान्छे’

चैत १२, २०७८


दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘चिसो मान्छे’ को टिजर रिलिज गरिएको छ । स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको फिल्मको टिजरमा स्वस्तिमा कर्णालीको भेषभूषामा देखिएकी छन् । लेखन, छायाङ्कन समेत खनालको रहेको फिल्मको टिजरमा देशभक्त खनाल पनि देखिएका छन् । कर्णाली क्षेत्रको कथा भन्ने यो फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

फिल्ममा दीर्घ गुरुङको सम्पादन छ । आगामी ३ असारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा स्वस्तिमा, अर्पण, देशभक्तको अलवा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी लगायतका कलाकारको समेत अभिनय समेटिएको छ ।