समिक्षाको नयाँ गीत ‘हाँगाको फूल’ सार्वजनिक

चैत १४, २०७८


काठमाडाै‌ १४ चैत ।

गायिका समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘हाँगाको फूल’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा दिनेशराज पुरीको शब्द तथा नविन कार्कीको संगीत छ । गायक सुभाष पुरीको प्रस्तुति रहेको गीतको भिडियोमा प्रेमिकालाई धोका दिने युवा जमातहरूको मार्मिक देखाइएको छ ।

विक्रम चौहानको निर्देशन रहेको भिडियोमा बिना राउत र विक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । प्रकाश खड्काको छायाङ्कन रहेको भिडियो मिलन विकले सम्पादन गरेका हुन् । केही अगाडि सुभाषले समीक्षासँगको सहकार्यमा ‘बजाई देउ’ बोलको गीत ल्याएका थिए । जसले राम्रो चर्चा पाएको थियो ।