श्रीमतीसँगको अभिनयमा पुस्कलले ल्याए ‘श्रीमान श्रीमती’

साउन ०७, २०७९


गायक पुष्कल शर्माले श्रीमतीसँगको अभिनयमा नयाँ गीत सार्वजनिक गरेका छन् । ‘श्रीमान श्रीमती’ बोलको गीतमा पुष्कल र गायिका शान्तीश्री परियारको स्वर छ । पुस्कलकै शब्द तथा संगीत रहेको गीतमा बिनोद बाजुरालीको संगीत संयोजन छ ।

पुष्कल स्वयंकै कथा एवं निर्देशनमा तयार भिडियोमा उनले आफ्नै श्रीमती सवी शर्मासँग अभिनय गरेका छन् । सवीले यसअघि ‘के दिउँ मायालाई चिनो’ गीतको भिडियोमा छोटो भूमिकामा अभिनय गरेकी थिइन् भने ‘तिम्रो थर मेरो थर’ बाट पुस्कलसँगै मुख्य मोडलका रुपमा अभिनय गरेकी थिइन् ।

‘श्रीमान श्रीमती’ गीतमा कमला गैरे र युवानी शर्मा लगायतको पनि अभिनय छ । सुरेश श्रेष्ठको छायाँकन रहेको भिडियो दीपक विष्टको सम्पादनपछि युट्युबमा सार्वजनिक गरिएको हो । पुस्कलले पाल्पास्थित आफ्नै गाउँमा यस गीतको भिडियो छायाँकन गरेका हुन् ।

लोकदोहोरीमा निकै ‘फ्यान फ्लोइङ’ भएका पुष्कल मिडियामा कमै आउन रुचाउँछन् । उनको ‘मुटु जलाई जलाई’ सर्वाधिक हिट गीत मानिन्छ । ‘श्रीमान श्रीमती’ बोलको गीतले पनि आफ्ना अघिल्ला गीतले जस्तै श्रोता दर्शकको मन जित्ने विश्वास पुस्कलमा छ ।