प्रेमिकालाई पत्र

असोज ०३, २०७९     तिलक केसी


लामो समयको प्रयासपछि यो पत्र लेख्दै छु। कैयौँपटक शब्दहरू कोर्दै मेटाउदै गरेँ, त्यसको लेखाजोखा म आफैँसँग छैन। खै किन हो, यस्तो लाग्छ हजुर को सम्बोधनमा शब्दहरु पनि कम पर्न आउँछन्। किनकि हरपल हरक्षण हजुर मन मस्तिष्कमा छाउँनु हुन्छ , हजुर नै हजुर नजरभरि आउनुहुन्छ हजुरलाई नदेखुँ भनेर कयौंपल्ट आँखा बन्द गर्छु। तर, बन्द आँखामा हजुर झन संग्लो भएर नजर म आउँनुहुन्छ। यिनै हरेक कुराको निष्कर्षले आज मलाई महसुस गराएको छ कि म त प्रेममा पो रहेछु, हो हजुरसँगको प्रेममा। यस्तो प्रेम जसको कुनै सीमा छैन,जसको कुनै अन्त्य छैन जहाँ विश्वास छ, इज्जत छ, सम्मान छ अनि पाउने आस र गुमाउने डर भन्दा पनि हजुरलाई चाहन्छु, हजुरलाई प्रेम गर्छु भन्ने कुराले नै बढी महत्त्व राख्छ।
प्रिय, पहिलोपटक हजुरलाई देख्दा को दिन देखि हजुरसँगको प्रेमको गहिराइमा डुबुल्की मार्न पुग्छु। प्रेम सबथोक बनेको छ। यसले प्रेमको कदर गर्न सिकाएको छ। प्रेमको एहसास नै मीठो हुँदो रहेछ, चियामा चिनी घोलेजस्तै। साँच्चै, प्रिय हजुर मेरो जिन्दगीको सुन्दर बहार वसन्त होइसीन्छ जो बिनामौसम पनि रंगीचंगी हरियाली छ। जसले मलाई प्रेमको गरिमा बुझाएको, प्रेमको पूजा गर्न सिकाएको छ। सोच्छु यदि हजुरसँग कल हुँदैनथ्यो भने मैले कसरी गर्न पाउँथे होला, यति मीठो प्रेमको प्रेमिल एहसास, कसरी बुझ्थेँ होला प्रेमको यति मिठो गाथा।
कोही मान्छे साँच्चै नै कसैको जिन्दगीमा सुन्दर बहार नै बनेर आउने रैछन् जस्तै ‘हजुर ।
मान्छेहरुले त्यसै भनेका हैनन् होला, प्रेममा जादु हुन्छ, शक्ति हुन्छ भनेर। त्यसैले त आज म हराएको छु तपाईं मा, रंगिएको छु हजुर को प्रेमको रंगमा।

आफ्नै दुनियाँ बनाएर आफ्नै दुनियाँमा हराउने केटा म, मेरो दुनियाँमा पनि कोही आउँछ र घर बनाउँछ, कति अचम्मको कुरा छ है। मान्छेहरुले त्यसै भनेका हैनन् होला, प्रेममा जादु हुन्छ, शक्ति हुन्छ भनेर। त्यसैले त आज म हराएको छु तपाईं मा, रंगिएको छु हजुर को प्रेमको रंगमा। यी दिनहरुमा यो प्रेमका रंगहरु नै पर्याप्त छन् बाँच्नमा, जीवित रहनुमा नितान्त खुशीका वेगहरुमा समिश्रित छन् अव्यक्त प्रेमका भाषाहरुमा। यस्तो लाग्छ यही आकाशले गुनगुनाइरहेको छ प्रेमका मिठा गीतहरु अनि छरिरहेको छ इन्द्रेणीका सुन्दर रंगहरु।।। साँच्चै छोएछ क्यारे मलाई हजुर को मायालु नजर ले जहाँ हजुरलाई मात्र देखछु मीठो प्रीत बनेर। त्यसैले त लाग्छ( हजुर होइसीन्छ र त म छु, नभए हजुर बिना, म केही हैन।
हरेक कुरा शब्दमा मात्र अभिव्यक्त नहुने रहेछन्। सक्ने जति गरेको छु, यो पत्र हजुर सुटुक्कु पढ्नु ल भन्छन्। ‘प्रेम लुकिछुपी लाएको मिठो।’ अरुले यो पत्र पढोस्, हाम्रो प्रेम सस्तो बनोस् म चाहन्न। किनकि मलाई थाहा छ प्रेम देखाउनलाई हैन, यो त महसुस गर्ने कुरा हो, अनुभूत गर्ने-गराउने कुरा हो।
मनभरिको माया संगालेर मैले हजुरलाई यो पत्र कोरेको छु, हजुर जहाँ होइसीन्छ जस्तो होइसीन्छ आफ्नो ख्याल राख्नु। प्रेमप्रति विश्वास र भगवानप्रति आस्थाका साथ हजुर सँग अर्को जुनि भेट्ने वाचासहित धेरै धेरै सम्झना छ ।
थाहा छ मलाई हजुर अर्कै को भै सक्नु भा छ रे खुसी रहनु है प्रिय हजुर एकोहोरो माय एकोहोरो प्रेम एकोहोरो सम्झना गर्ने आधिकार दिनु होला किन कि म हजुर लाई धेरै मिस गर्छु हर रात हर दिन
जिउना सक्दिन्न मुटु दुख्छ मन रुन्छ आँखा बाट आँसु झरेको दिन हुदैन मनले बिर्सन सकेन कति छट्पटाउनु कति तड्पिनु यो संसारकाे सबै भन्दा बढी हजुर लाई मिठो माया अनि धेरै सम्झाना ।।।